पहिरोले अबरुद्ध कर्णाली राजमार्ग खुल्यो

सागर परियार ।

अविरल वर्षाले आएको पहिरोले गर्दा अवरूद्द भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न भागमा पहिरो जाँदा अबरुद्ध भएको थियो । कर्णाली राजमार्गको कालिकोट खण्डको अधिकांश ठाँउ तथा जुम्ला खण्डको केहि भागमा पहिरोले सडक अबरुद्ध हुँदा आवत जावत बन्द भएको थियो ।

सडक डिभिजन कार्यालय जुम्लाको सक्रियता तथा जिल्ला प्रशासन,जिल्ला समन्वयन समितिको लगायत सबै सुरक्षा सुरक्षा निकायको पहलमा शुक्रबार राती ९ बजेनै कर्णााली राजमार्गको जुम्ला खण्ड शुचारु भएको थियो ।

जुम्लाको रारालिही र नाग्म बिचमा ठुला ढुंगा खसेपछि अवरुद्ध भएको राजमार्गको निरन्तर पहिरो पन्छाएपछि शुक्रबार रातीनै सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।

यता सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला बहादुर भण्डारीका अनुसार कर्णाली राजमार्गको कालिकोटको दैखोलादेखि जुम्लातर्फको सडक सूचारु भएको छ । सडक डिजिभन जुम्लाका ३ र नीजि ४ वटा गरी ७ वटा मेसिन निरनन्तर प्रयोग गरेर राजमार्ग सुचारु भएको प्रमुख भण्डारीका भनाई छ ।

पहिरो पन्छाउने,ढुंगा फाड्ने काम तिब्र रुपमा गरेपनि एकदिनमै राजमार्ग खुलेको हो । भने,अबरुद्ध नाग्म गमगडी सडकको पहिरो पन्छाउने कार्यपनि जारी रहेको छ । सम्भवतः आज राती भोली विहान सम्म नाग्मगमगडी सडक सञ्चालनमा आउने छ ।

सडक अबरुद्ध भएपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला समन्वय उपप्रमुख कार्मा बुढा, सडक डिभिजन कार्यालयका प्रमुख लीला बहादुर भण्डारी सहित सुरक्षा निकाय प्रमुखहरू अवरूद्द सडक खोल्न खटिएका थिए ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस