उमेश बुढा । सिंजा
कनका सुन्दरी गाउँ पालिका वडा नम्बर ३ को कुइयासको वनभित्र रहेको रिङद दहमा डुबेर एक यूवाको मृत्यु भएको छ । कनकासुन्दरी ३ का २३ वर्षिय हरि बुढाको नुहाउने बेला दहमा डुबेर शनिबार मृत्यु भएको हो ।
कनका सुन्दरीको वडा नम्बर ३ बुढुगाउ देखि झन्डै तीन मिलोमिटर टाढा रहेको रिङदमा भेडा चराउने गोठालो भएको बेला नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
मृतकको साथमा दुईजना बालक रहेका छन । बालकका अनुसार तिनै जना दहमा नुहाउन लागेको बेला दहको बिचमा गयर मृत्तक हरि बुढा डुबेको बताएका छन् ।
घाँटी सम्म पानी आयको थियो मलाई समात भने महिले समातेर तान्न नसकेको साथमा नुहाउन गएका १३ बर्षिय बालक विनोद बुढाले बताए ।
दहमा डुब्दावितिकै नजिका भैसी गोठालालाई बालकले खबर गरेका थिय । भैंसी गोठालाले बुढुगाउका स्थानीय बासिलाई खबर गरेर दिउसो ११ बजे घटना स्थलमा स्थानीय बासि पुगेर पानिको दहमा खोजि गरिरहेका थिए ।
प्रहरी चौकि गोटिज्युलामा खबर गरेर प्रहरीको टोलि दिउँसो ४ बजे घटना स्थलमा पुगेर खोजि गरेर शव भेटियको थियो ।
शबको धार्मिक परम्परागत दास संस्कार यहि गर्नु ठिक छ भनेर ५ जना साँचिले हस्ताक्षर गरे पछि लासलाई पोष्टमाडमको लागि जुम्ला नलिने ,प्रहरी चौकी गोटिज्युलाले जनाएको छ ।



