
सागर परियार ।
नेपाली सेना र पत्रकार बीच जुम्लामा शनिवार सम्पन्न मैत्रीपुर्ण फुटसल खेलमा नेपाली सेनाको टिम विजयी भएको छ । १० गोलको अग्रताले नम्बर २४ बाहिनी र नन्दाबक्स गण जुम्लाको टिम विजयी भएको हो । बाहिनीपति याम बहादुर सापकोटा तथा गणपति रविन थापाले नेतृत्व गरेको नेपाली सेनाको टिमले खेलको निर्धारित समयवधिभर १३ वटा गोल गरेको छ ।
भने, नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाही र कोरपाटी अनलाईका सम्पादक पुर्णप्रसाद चौलागाईले नेतृत्व गरेको पत्रकारको टिमले १३ गोलका विरुद्ध दोस्रो हाफमा ३ गोल गरेको थियो । पहिलो हाफमा निरन्तर गोल गरेको नेपाली सेनालाई १३ गोलका विरुद्ध ३ गोल पत्रकारको टिमले फिर्ता गरेको हो ।
खेल सम्पन्न पछि बाहिनीपति याम बहादुर सापकोटाले खेलमा हारजित एक प्रक्रिया भएको भन्दै पत्रकार र नेपाली सेना बीचको सम्बन्ध समधुर बनाउन मैत्रीपुर्ण फुटसल खेलले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । कुनैपनि खेलले हरेक व्यक्तिमा अनुशासनको पालना संगै सफलता पाउन मेहनत गर्नुपर्ने कुरा सिकाउने समेत उल्लेख गर्नुभयो ।

जुम्ला जस्तो हाइअल्टीच्युट भएको क्षेत्रमा फुटसल संचालन गरेर खेल क्षेत्रको प्रर्बद्धन गर्न जोड दिएको भन्दै खेलको विकास र प्रर्बद्धनमा सेनाले पनि सहकार्य गर्ने बाहिनीपति सापकोटाले बताउनुभयो । दुरदराजका यूवाहरुमा खेलको राम्रो सम्भावना भएपनि खेल क्षेत्रको प्रर्बद्धन त्यति हुन नसकेको उहाँको भनाई छ । उहाँका पछिल्लो समय फुटसल संचालनले जुम्ली यूवामा खेलप्रतिको मोह बढाएको छ ।
हिमाली जिल्ला जुम्लामा संचालित फुट्सलमा जुजारु पत्रकारहरुको टिम संग नेपाली सेनाले मैत्रीपुर्ण फुट्सल खेलेर संचार समन्वय प्रभावकारी भएको तथा खेल क्षेत्रको प्रर्बद्धनमा यूवालाई उर्जा मिलेको महसुश भएको गणपति रविन थापाले बताउनुभयो । उहाँले सेनाले नागरिक हितका क्षेत्रमा गर्ने विभिन्न गतिविधिमा पत्रकारले रचनात्मक सहयोग गर्नुपर्ने उल्लेख गरे । जुम्लाको खेल क्षेत्रको विकास र प्रर्बद्धनमा नेपाली सेनाले खेलाडी उत्पादनदेखि मैदान निर्माण गर्ने सन्र्दभमा स्थानीयतह संग मिलेर काम गर्न सक्ने जानकारी दिुनयभो ।

जुम्लाका यूवाको टिमले ईच्छा व्यक्त गरेको खण्डमा सेनाले नियमित फुटबल खेलाएर उत्कृष्ट खेलाडी उत्पादन गर्न सक्ने मेयर दिनेश न्यौपानेको भनाई छ । जुम्लाको खेल क्षेत्रलाई प्रर्बद्धन गर्न नेपाली सेनाले आगामी दिनमा पत्रकार, नागरिक अगुवा,सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु संग नियमित मैत्रीपुर्ण विभिन्न खेलहरु खेल्ने बताइएको छ ।



