जवरजस्ती करणी गर्ने चन्दननाथका २ र तिलाका १ जना पक्राउ

सागर परियार ।


जवरजस्ती करणी गर्ने जुम्लाका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको टोलीले चन्दननाथ नगरपालिकाका २ जना र तिला गाउँपालिकाको १ जनालाई पक्राउ गरिएको हो । जरबजस्ती गरेको हुँदा कारबाही गरिपाउ भने दर्ता भएको निवेदनका आधारमा चन्दननाथ नगरपालिका ९ निवासी २० वर्षिय बिशाल सार्की सोही वडाका वर्ष २० का कमल सार्की र तिला गाउँपालिका ८ निवासी २८ वर्षिय जीवन रावतलाई प्रकाउ गरिएको प्रहरी नायब उपरिक्षक दान बहादुुर थापाले जानकारी दिनुभयो ।

भदौ ७ गते राती ११ बजे तातोपानी गाँपालिका १ बस्ने वर्ष १८ की किशोरीलाई मेला हेर्न गएको बेला मोबाइल खोसेको र फिर्ता गर्ने बाहना चन्दननाथ ९ का विशाल सार्की र कमल सार्कीले पालैपाले जरबजस्तीकरण गरेका थिए । पिडित किशोरीका आफन्तले जरबजस्तीकरणी गर्नेलाई कारबाहि गरिपाउ भनी जाहेरी दिएको आधारमा पक्राउ गरी ५ दिनको म्याद थप अनुसन्धान भईरहेको डिएसपी थापाले बताउनुभयो ।

त्यस्तै,तिला गाउँपालिका ६ बस्ने ४५ बर्षिय बोल्न र सुन्न नसक्ने महिलालाई जवरजस्ती करणी गरेको आरोपमा तिला ८ कै २८ वर्षीया जीवन रावतलाई प्रकाउ गरिएको छ । बोल्न नसक्ने महिला भैसीलाई घाँस हाल्न भनि हिडिरहेको समयमा पिडक रावतले डर त्रास देखाई गएको भदौ ८ गते जबरजस्ती करणी गरेको जाहेरी दर्ता प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भईररहेको छ । जुम्लामा पछिल्लो समय जबरजस्तीकरणी तथा आत्महत्याका घटना बढ्दै गएका छन् । ब

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस