कर्णाली प्रतिष्ठानका नियमित काममा कुनै बाधा छैन्ःनिमित्त उपकुपति थापा

सागर परियार जुम्ला ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा यतिबेला पदाधिकारी फेरबदलको चर्चा पुर्न शुरु भएको छ । एकाएक दुई अघि उपकुलपति डाक्टर मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि पदाधिकारी फेरबदलको चर्चा शुरु भएको हो ।

मन्त्रालयले विअिबार मात्रै प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापालाई निमित्त उपकुलपति र बरिष्ठ प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिएको छ ।

मन्त्रालयले उपकुलपति र रजिष्ट्रारलाई काम काज रोक लगाए संगै प्रतिष्ठानका सेवा प्रवाह,नियमित कामकाज,अध्यायन अनुसन्धान लगायतका कामहरुमा बाधा अबरोध हुने समचारहरु बाहिरिए । साथै भर्खरै शुरु हुने तयारीमा रहेको एमविविएस कार्यक्रम समेत अन्यौलमा रहेको समचारहरु आए ।

तर शुक्रबार कर्णाली प्रतिष्ठानमा आयोजितमा पत्रकार सम्मेलनमा निमित्त उपकुलपति डा.निरेश थापाले पदाधिकारीको विबादले कर्णाली प्रतिष्ठानका कुनै पनि काममा बाधा अबरोध नआएको बताउनुभयो ।

उहाँले प्रतिष्ठानको ऐ्न कानुन अनुसार पदाधिकारी नियुक्तीको काम मन्त्रालयले गर्ने भन्दै नियमित काममा कुनै बाधा नभएको बताउनु भयो ।
उपकुलपति र रजिष्ट्रारलाई काम काज रोक लगाएपछि प्रतिष्ठानका काममा बाधा आएको एमविविएस संचालनमा अन्यौलता हुने जस्ता समचारहरु प्रति प्रतिष्ठानको गम्भीर ध्यानकर्षण भएको समेत निमित्त उपमुकलपति थापाको भनाई छ ।

त्यसका साथै निमित्त रजिष्टार द्धन्द्ध बहादुर शाहीले एमविविएस कार्यक्रम कुनैपनि कारणले नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो,“एमविविएस संचालनको अन्तिम तयारी भइसकेको छ । २० जनाको सिटमा १५ विद्यार्थी भर्ना भइसकेका छन् । बाँकी ५ जना प्रक्रियामा छन् ।”
आगामी मंसिर १९ गतेदेखि कर्णाली प्रतिष्ठानमा एमविविएस कार्यक्रम संचालन हुने निमित्त रजिष्टार शाहीले जानकारी दिनुभयो ।

पत्रकार भेटघाटमा जारी गरिएको विज्ञप्तीमा प्रतिष्ठानको लक्ष्य र उद्देश्य अनुरुप संचालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम रोकावट नभएको र नहुने उल्लेख छ । प्रेस विज्ञप्तीमा भनिएको छ,“हाल उत्पन्न परिस्थतिमा विशेषगरी कर्णालीमा बहुप्रतिक्षित एमविविएस लगायतका शैक्षिक कार्यक्रमहरु संचालनमा कुनै वाधा पर्ने हो कि भन्ने चिन्ता चासो र केही भ्रम भएका कारण भ्रम भएका कारण सो विषयमा प्रतिष्ठानको पूर्व निर्धारित कार्यक्रम सम्पूर्ण तयारी भईसकेको बताईएको छ । प्रेस विज्ञप्तीमा मंशिर १९ गतेबाट कक्षा संचालन गर्न पूर्ण तयारी भईसकेको र प्रतिष्ठानका सम्पूर्ण सेवाहरु संचालन भईरहेका छन् ।”

पत्रकार भेटघाटमा निमित्त उपकुलपति डा. निरेश थापाले राजनितिक अस्थिरताले ल्याएको हालकोे समस्या समधान पनि ऐन कानुनको अधिनमा टेकेर राजनीतिक तहबाटै समधान हुने बताउनुभयो । निमित्त उपकुलपति डाक्टर थापाले एमविविएसका २० सिट मध्य १५ जना भर्ना भईसकेका र ५ सिट प्रक्रियामा छन् । २० एमविविएस सहित अन्य ९० वटा सिटमा ६० सिट भर्ना भईसकेको र मंशिर १९ गतेबाट अध्यापन हुने जानकारी दिनुभयो ।

अहिलेको परिस्थतिले भने कर्णालीका प्रतिष्ठानका अध्यायन अनुसन्धान देखि शैक्षिक कार्यक्रम संचालनमा समेत प्रभावित हुने उपकुलपति डां मंगल रावलको दावी छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस