कार्मा बुढाको जीवनीः‘विद्यार्थी राजनीति देखि काँग्रेस उपसभापति सम्म’

कर्णाली पोष्ट संबाददाता ।


जुम्ला पातारासी गाउँपालिका ६ का कार्मा बुढा नेपाली काँग्रेस जुम्लाको सातौ अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका छन् । उनले ४ सय ८६ मत प्राप्त गरेर उपसभापतिमा जीत हासिल गरेका हुन् । जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख समेत रहेका बुढा उपसभापति निर्वाचति भएका छन् । भने उनी कार्यकर्ताका लागि निकै लोकप्रिय नेता पनि मानिन्छन् ।

छैटौँ जिल्ला अधिवेशनमा जिल्ला सचिव भएका उनी सातौँ अधिवेशनबाट उपसभापतिमा निर्वाचित भए । सचिवको कार्यकालमा उनले पार्टीको विधि विद्यान र सिदान्त अनुसार दुर्त रुपमा अघि बढाएका थिए । भने संगठन विस्तारमा पनि महत्वपुर्ण भुमिका खेलेका थिए । जसका कारण काँग्रेसीजनहरु बुढाको धेरैनै गुनगान गाउँछन् ।

व्यक्तिगत काम भन्दा पनि सामुहिक काम गर्न रुचाउने उनी जहिले पनि समग्र जिल्लाको विकासका बारेमा चिन्तन गरिराखेका हुन्छन । पौडेल प्यानलबाट उनी निर्वाचन लडेपनि उनले गर्ने व्यवहार सबै काँग्रेसीजनलाई बराबर छ । निर्वाचन हुनु अघिपनि गुटगत भन्दा सहमती सहकार्यकै आधारमा जिल्ला अधिबेशन गर्नुपर्ने अडानमा थिए ।
उनी व्यक्ति,गुट भन्दा पनि पार्टी बलियो बनाउन चाहन्छन ।

पार्टी बनाउन सकेमात्र व्यक्ति बन्ने उनी बताउँछन । पार्टी,सिदान्त र जनसेवा पहिलो सर्त हो । व्यक्तिगुट सहायक पाटो हुन । उनले भने,“पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन निर्वाचनताका गुटउपगुट हुने गरेपनि समग्रमा पार्टी बनाउन सबैको हातेमालो जरुरी छ । अब हामी सबै काँग्रेसी भन्ने मान्यता स्थापित गराउनुपर्छ । यसमा नेतृत्वले चनाखो बन्नु पर्ने देखिएको छ ।”

२०२८ सालमा माता टोमा तामांङ बुढा र पिता वीरबहादुर बुढाको कोखबाट जन्मिएका कार्मा बुढा सानै देखि चन्चले स्वभावका थिए । सेवा भावका थिए । उनी राजनीति प्रति निकै चासो राख्थे । जनसेवा र राजनीति उनका प्राथमिक विषय पनि थिए । २०४६ साल देखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक करियर शुरुवात गरेका थिए । २०४६ सालबाटै विद्यार्थी जीवनबाट उनले नेपाली काँग्रेसको राजनीति शुरु गरे । जुम्ला बहुमुखी क्याम्पसमा कोषाध्यक्ष समेत भए ।

सानै देखि जिल्लाको विकासमा अग्रसर हुने उनी काँग्रसभित्र पनि सबै कार्यकर्ताको समान नेतृत्व गर्ने क्षमताका नेता हुन् । बीचमा उनले विभिन्न क्षेत्रमा रहेर समाजसेवा गरे । राजनीतिक पृष्ठभुमिमा हुर्किएका बुढा राजनीतिमा हुने संकिर्णबाद भन्दा निकै फराकिलो छन । उनले भने,‘राजनीति पनि समाजसेवा हो ।

सबैका लागि राजीनिति भन्ने मान्यता स्थापित गर्न जरुरी छ । उनका पिता वीरबहादुर बुढा पञ्चायतकालमा दुइपटक प्रधानपञ्च भएर काम गरेका थिए । २०७४ मा स्थानीय तहको निर्वाचनमा हुमिएर जिल्ला समन्वय समितिको उपप्रमुख सम्म पुगे । समन्वय समितिको उपप्रमुखको हैसियतमा पनि जिल्लामा सहकार्य,समन्वय प्रभावकारी रुपमा गरे ।

हाल काँग्रेसको सातौ जिल्ला अधिबेशनबाट उपसभापतिमा जितेका बुढाले काँग्रेस पार्टी थप उचाईमा पुराउन महत्वपुर्ण भुमिका र योगदान दिने आम काँग्रेसीजनहरुको अपेक्षा छ । राजनीतिक एक सेवा हो जागिर हैन्, जनताका लागि काम गर्नुपर्छ, नीजि स्वार्थका लागि हैन भन्ने एक उदाहण पनि कार्मा बुढाले दिने आम कार्यकर्ताको आशा छ । उपसभापतिको कार्यकाल अब्बल र सफल रहोस भन्ने कर्णालीपोष्ट दैनिक परिवारको कामना छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस