नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह उम्मेदवार छनोटका लागि छुट्टाछुट्टै छलफलमा छ । विहान ९ बजेपछि देउवा समूहको बैठक बूढानीलकण्ठमा जारी छ भने वरिष्ठ नेता पौडेल पक्ष बत्तीसपुतलीमा बसिरहेको छ । देउवाले आफू पक्षीय बैठकमा पदाधिकारीका उम्मेदवार र महाधिवेशनको रणनीतिका विषयमा छलफल गरिरहेका छन् ।
देउवा सभापतिमा दोहोरिने भएकाले उनको पक्षमा पदाधिकारी छनोटका विषयमा छलफल केन्द्रित छ । देउवाले केन्द्रीय सदस्यसँग छलफल गरिरहेका छन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार




