उमेश बुढा, सिँजा ।

कनकासुन्दरी गाउँपालिकामा ४३२ कुकुरलाई रेविज विरुध खोप लगाइएको छ । भने ७ माउ र१७ ओटा पुर्सो कुकुरलाई भ्याक्सोटोमि गरेको छ । प्रत्येक वर्ष वर्षमा कुकुरलाई रेविज रोग विरुध खोप पशुपन्छि शाखा कनका सुन्दरीले लगाउदै आएको छ ।
कुकुर घर पालुवा जनावर भएकाले यसले मानिसलाई सजिलै रेविज रोग सार्ने भएको हुँदा कुकुरलाई रेविज रोगबाट बचाउन र मानिस पनि बच्नको लागि यो खोप लगाइएको पशुपन्छि शाखा प्रमुख लाल वहादुर रावतले बताए ।
रावतका अनुसार वडा नम्बर ३ को गाउँ गाउमा पशु चौपायालाई खुरेद रोग देखिय पछि कृषकहरुले पशु शाखामा आएर गोनासो पोखेपछि पशु अस्पताल जुम्लाबाट १८०० सय खोप मगायर अहिले खोप सञ्चालन गरियको रावतले बताए ।
गाईगोरु ४२२ ओटा, भैंसी १८ आटो र भेडाबाख्रो ६९० ओटा लगायको रावतको भनाई छ । दशौ,तिहारको समयमा पशु व्यापारीहरुले बझाङ्ग, बाजुरा र दार्चुला लगायतको ठाउँबाट भेडा जुम्ला भित्र्याउने क्रममा पशु चौपायालाई खुरेद सरेको हुने सकेको कृषक अम्मर बुढाको भनाई छ ।



