जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् । सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालले भने, “नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट दिने सेवालाई छिटोछरितो बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकेका छौँ । नगरपालिकाका ९५ प्रतिशत बालबालिकालाई पूर्णखोप सुनिश्चित गर्न र कोरोनाको खोप लगाउन स्थानीयवासीलाई खोप केन्द्रमा सम्पर्क गर्न सूचित गरिसकेका छौँ , राज्यले पठाएको कोरोना खोपलाई सदुपयोग गर्नुपर्छ । ”
आगामी दिनमा पनि युनिसेफ नेपालसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उनले बताए । बालबालिलाई खोप लगाउन सबै पक्षको सहयोग रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको छ ।
सबै बालबालिकालाई पूर्णखोप लगाउनका लागि सरोकारवालाले खोपबारे जनचेतना फैलाउन अतिआवश्यक छ । खोप केन्द्रमा १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइने भएकाले स्थानीय तहका खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन अनुरोध गरेको कार्यालयले जनाएको छ ।