अध्यक्षका दुई उम्मेदवारहरू चुनावी मैदानमा जाँदै । तस्बिर : मदन विक/दैलेख
नेकपा एमाले दैलेखको अध्यक्षका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । सहमतिको प्रयासबाट सम्भव नभएपछि चुनावै गर्नुपर्ने अवस्था आएको हो । अध्यक्षका लागि वर्तमान पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी मैदानमा उत्रिएका हुन्। शाही जिल्ला विकास समितिका पूर्व उपसभापति हुन् भने शर्मा प्रतिनिधि समा सदस्य समेत हुन्।
दुवै जना नेता जिल्लाको राजनीतिमा अब्बल नेताका रूपमा चिनिएका नेता हुन् । त्यसैले पनि कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । अझ भन्नुपर्दा भू–भूगोलका हिसाबले शर्मा क्षेत्र नं.–१ र शाही क्षेत्र नं.–२ का भएकाले दुई क्षेत्रबीच प्रतिस्पर्धा हुने भएको छ।
एमाले जिल्ला तहका एक नेताले भने सकेसम्म नयाँ नेतृत्व ल्याउनुपर्छ भन्ने ‘लविङ’ भइरहेको छ। एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार दैलेखमा उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन्।
प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार




