अखाद्य बस्तुको डम्पिङ साइट बने जुम्लाका साना बजार

जुम्ला । म्याद नाघेका अखाद्य बस्तुले जुम्लाका साना बजार डम्पिङ साइड नै बनेका छन् । बजार अनुगमन गर्ने निकायको तिनै साना बजारमा नजर पदैन र सदरमुकामदेखि टाढा भएकाले नियन्त्रणको पहुच बाहिरै हुन्छन् ।

जुम्लाको सिंजा, चौधविस, पानसय, भेरीखोला भेगमा थुरै साना बजार छन् । ठुला बजारका व्यापारीले म्याद नाघेका, म्याद गुज्रिन थालेका दैनिक उपभोग्य सामग्री तिनै साना बजारमा पठाउने गर्दछन् ।

यस्तै लामो समयको अन्तरालपछि जुम्लाको सिंजा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिकास्थित गोठीज्यूला बजारमा १५ जना व्यवसायीहरुको म्याद गएका सामान जलाएर नष्ट गरेको छ ।

कर्णाली राजमार्ग अन्र्तगत नाग्म गमगढी राजमार्गमा पर्ने गोटिज्युला बजारमा प्रहरी प्रशासन, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधि र पत्रकारको छड्के अनुगमन गर्दा म्याद नाघेका अखाद्य बस्तु तथा सामान भेटिएको हो ।

व्यवसायीले तीन वर्ष यताबाट म्याद नाघेका खुद्रा सामग्रीहरु बेच्दै गरेको पाइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने यस्ता म्याद नाघेका सामग्री बेचविखनका विषयमा ठुला डिलरवाला व्यवसायीलाई पनि सचेत गराउने छौँ ।

अब देखि बजारमा खाद्य, खुद्रा र मेडिकलले सामान खरिदबिक्री गर्दा मिति हेरेर किनबेच गर्नु पर्ने देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रर्मिला रिजालले बताइन् । उनका अनुसार गोठीज्य्ूला बजारमा खुद्रा सामग्री चाउचाउ, बिस्कुट, चक्लेट, चिसो फेण्टा जुस लगायतको सामान जलायर नष्ट गरिएको हो ।

१५ जना व्यवसायीको कुल सामानको मुल्य ६० हजार बराबरको क्षति भएको रिजालले बताइन । केही व्यवसायीलाई सामानमा लेखिएको मिति हेर्न नआएको र आएकाले लुकाई छिपाई गरेर गाउँ घरमा सामान बेच्ने गरेको उनले बताइन ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस