जुम्लामा मानव अधिकार रक्षक सञ्जाल पुर्नगठनसहित बैठक सम्पन्न

जुम्ला ः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०७७ चैत १३ गते गठन गरिएको जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल ०७८ फागुन १६ गते पुर्नगठनसहित बैठक सम्पन्न भएको छ । महतको संयोजकत्वमा १३ सदस्सीय संजाल पुर्नगठन गरिएको हो ।
मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पु¥याउने उदेश्यका साथ गठित सञ्जाल पुनः नागरिक समाजका अगुवा राजबहादुर महतको संयोजकत्वमा गठन गरिएको हो ।
संजालको सदस्यमा अल्पकालिन महिला सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठ, पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र शाही, जिल्ला बारको सदस्य देवेन्द्र शर्मा, उच्च बारकी सदस्य अनिता तिमिल्सेना, दलित सेवा संघ जुम्लाका सचिव रामबहादुर नेपाली रहेका छन् ।
यस्तै जनजाती महासंघ जुम्लाका अध्यक्ष कार्मा ठिल्ले लामा, अपांग पुनस्र्थापना विकास केन्द्रका अध्यक्ष नन्दराज धिताल, महिला पत्रकार दिलमाया शाही, दलित पत्रकार सागर परिवार, महिला मानवअधिकारकर्मी टिका नगरकोटी र सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल रहेका छन् ।
सञ्जालले फागुन १६ गते बैठक बसेर मानव अधिकारका विभिन्न विषयमा जिल्ला स्तरमा वकालत, ध्यानाकर्षण तथा पैरवीका कामहरू गर्ने निर्णय गरेको छ । यस्तै संजालका सदस्य तथा जेष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्ष मनिश्चन्द्र न्यौपाने दोस्रो लहरको कोरोना संक्रमणले निधन भएकोले शोक प्रस्ताव पारित गर्दै पुन ः अर्काे सदस्य तोकेर पठाईदिनका लागि पत्रचार गर्ने बैठकले निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस