
जुम्ला । महाशिवरात्री तथा सेना दिवसका अवसरमा जुम्लामा पाँच किलोमिटर दौड प्रतियोगिताको आयोजना गरिएको छ । ४० बर्ष मुनि र ४० बर्ष माथि उमेर समुहका खेलाडीका लागि छुट्टाछुट्टै दौड प्रतियोगिता आयोजना गरिएको थियो । जसमा ४० बर्ष मुनिको पाँच किलोमिटर दौडमा पुरुषतर्फ कर्णाली खेलकुद क्लवका प्रकाश कठायत प्रथम,दिपेन्द्र बोहोरा द्धितिय र शेर बहादुर अधिकारी तृत्तिय भएका छन ।
त्यस्तै महिला तर्फ कर्णाली खेलकुद क्लवककै कल्पना बुढा प्रथम,राज्यलक्ष्मी रावल द्धितीय र इशारा बुढा तृतीय भएकी छन् । प्रतियोगितामा सहभागी नेपाली सेनाका झण्डै ५० जनाबढी खेलाडी हराउदै कर्णाली स्पोर्ट क्बलका खेलाडी उत्कृष्ट भएका हुन् ।
]्साथ्रै ४० वर्ष माथिका पुरुष तर्फको ५ किलोमिटर दौड प्रतियोगितामा भेषबहादुर बस्नेत प्रथम भएका छन । द्वितीयमा नेपाली सेनाका सेनानी नारायण लामिछाने र तृतीय हर्क रावत भएका हुन । पाँच किलोमिटर दौडमा भाग लिएर बिजेता हुने खेलाडीलाई पुरस्कार सहित प्रमाणपत्र उपलब्ध गराइएको छ । प्रथमलाई पाँच हजार,द्धितीयलाई ३ हजार रुपैयाँ र तृतीयलाई २ हजार रुपैयाँ प्रदान गरिएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।
बाहिनीपति राजेन्द्र केसीले सेना दिवसका अवसरमा खेलको प्रर्बद्धनका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । जुम्लाका खेलाडीले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पहिचान कायम गरेकोले उत्साह थप्न सेना दिवसका अबसरमा दौड प्रतियोगिताको आयोजना गरिएको उहाँको भनाई छ ।
सेना दिवशका अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की,उपप्रमुख कार्मा बुढा,चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल,सबै कार्यालय प्रमुख लगायतका सुरक्षा निकाय पत्रकारको सहभागिता थियो ।



