काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी महाधिवेशनको निर्णय अनुसार एमसीसी अनुमोदन भएको बताएका छन् । केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले आठौं राष्ट्रिय महाधिवेशनको निर्णय बमोजिम एमसीसी अनुमोदन भएको बताए ।
‘महाधिवेशनले संशोधन गरेर पास गर्ने भनेको, त्यही त भएको हो’, यादवले भने । महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदन हुँदा आपत्ति जनाउनुपर्ने कारण नरहेको उनले बताए ।
१५ फागुनमा व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहित कतिपय नेताहरुले आपत्ति जनाएका छन् ।




