खड्काको नेतृत्व यात्राःकर्मचारी यूनियनको जिल्ला सचिवदेखि प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्षसम्म

जुम्ला ।  नेपाल निजामती कर्मचारी यूनियनको आठौँ महाधिबेशनबाट चन्दननाथ नगरपालिका ६ निवासी चन्द्र बहादुर खड्का केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । यस अघि केन्द्रिय सदस्य रहेका खड्का आठौँ महाधिबेशनबाट केन्द्रिय उपाध्यक्ष तथा प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपाल निजामति कर्मचारी यूनियनकोको जिल्ला सचिवदेखि कर्मचारीहरुको हकहितका लागि नेतृत्व शुरुवात गरेका जुम्लाका चन्द्र बहादुर खड्का कर्मचारी यूनियनको प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष सम्म पुगेका छन् ।

२०५६ सालमा कर्मचारी यूनियन कालिकोटको सचिव पदबाट कर्मचारीको सर्वपक्षिय हितका लागि होमिएका खड्कका हालै सम्म नेपाल निजामति कर्मचारी यूनियनको आठौँ महाधिबेशबाट कर्णाली प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् ।

फागुन २१ देखि २३ गते सम्म काठ्मान्डौमा आयोजित कर्मचारी यूनियनको आठौँ महाधिबेशनबाट अत्यधिक भोट पाएर प्रदेश अध्यक्ष र केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

विगत लामो समयदेखि कर्मचारीको हक हितका लागि वकालत गर्दै आएका चन्दननाथ नगरपालिका ६ निवासी खड्कका कर्मचारी यूनियनको उच्च ओहोदामा पुगेपछि उनका शुभचिन्तक समर्थका खुसी भएका छन् । दुर्गमका कर्मचारीको पेशागत सुरक्षालाई आफ्नो पहिलो एजेण्डा बनाएका खड्का दुई दशकदेखि कर्मचारी संगठन विस्तार,पैरबीका क्षेत्रमा अहोरात्र खट्दै पनि आएका थिए । यसअघि निजामति कर्मचारी यूनियनका केन्द्रिय सदस्य पदमा कार्यरत थिए ।

२०५६ सालदेखि कर्मचारीको हक हितका लागि अहोरात्र खट्दै आएका खड्का अहिले कर्मचारीका समस्या सम्बोधन गर्ने पदमा पुगेका कारण कर्मचारीकै पेशागत सुरक्षा र हकअधिकारका कार्यान्वयनका लागि निरन्तर लडिरहने बताउँछन् ।

उनी २०५६ सालमा नेपाल निजामति कर्मचारी यूनियन कालिकोटको सचिव भएका थिए । औपचारिक रुपमा २०५६ सालबाटै खड्कका यूनियनको नेतृत्वमा अग्रसर भएका हुन् । त्यसपश्चात २०६० सालमा कर्मचारी यूनियन जुम्लाको उपाध्यक्ष हुनु भएको थियो । भने, २०६५ देखि ०७४ सम्म दुई कार्यकाल महाधिबेशन प्रतिनीधि समेत भएर यूनियनमा कार्यरत रहे । २०७४ सालमा नेपाल निजामति कर्मचारी यूनियको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

यसरी लामो समय झण्डै २२ वर्षदेखि कर्मचारीको पेशागत सुरक्षा र अधिकारका लागि खटिएका खड्काले आठौँ महाधिबेशनबाट अत्यधिक बुहमत ल्याएर केन्द्रिय उपाध्यक्ष र प्रदेश अध्यक्षको अध्यक्षमा चुनिएका छन् । निर्वाचित खड्का सहितको टोली फागुन २५ गते सपथ पनि खाइसकेका छन् ।

कर्मचारीका हक अधिकार कार्यान्वयन तथा मागहरु सम्बोधनका लागि थप नीतिगत व्यवस्था गर्न आफु लागि पर्ने खड्काको भनाई छ । उम्मेदवार खड्काले विद्यान अधिबेशनमा सहभागी भई पिछडिएको क्षेत्रको कोटा छुटाउन समेत ठुलो योगदान दिएकाले त्यसको कार्यान्वयन पनि आफ्नै पालनामा गर्ने प्रतिबद्धता गरे ।

दुर्गम पिछडिएका क्षेत्रका कर्मचारीहरु पनि कर्मचारी यूनियनको नेतृत्वतहमा जानु पर्छ भन्ने मान्यताले पनि खड्काले पिछडिएको कोटा छुटाउन सफल भएका थिए ।

कर्मचारीका तमाम समस्या समधान गर्न,पेशागत सुरक्षा गर्न,कर्मचारीहरुका सेवा सुविधादेखि समस्या सम्बोधनका लागि नीतिगत व्यवस्थामा जोड दिने र कर्मचारी क्षेत्रको बृहत्तर हितका लागि परिणाममुखी काम गर्ने लक्ष्य राखेको समेत खड्काले बताए । कर्मचारी क्षेत्रको अगुवाईमा लामो अनुभव बटुलेका खड्ककाले निर्णायक तहमा पुगेपछि आफ्ना मागहरु सम्बोधन हुनेमा कर्मचारीहरुले आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस