निर्माण थालेको १२ वर्षपछि बृहत धौलिगाड खानेपानी आयोजनाको शिलान्यास,

 साढे वर्षमा धौलिगाडको पानी घरघरमा पुग्छःखानेपानीमन्त्री चौधरी

 

जुम्ला । संघिय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले बृहत्त धौलिगाड खानेपानी आयोजनाको पानी साढे दुईवर्ष भित्र जुम्लाबासीका घरघरमा पुग्ने बताउनु भएको छ । बृहत धौलिगाड खानेपानी आयोजनाको शिलान्यासपछि  सम्बोधन गर्दै मन्त्री चौधरीले आयोजना निर्माण निर्धारित समय भित्र सकेर साढे दुई वर्षमा जुम्लाबासीका घरघरमा शुद्ध खानेपानी पुराउने प्रतिबद्धता गर्नु भएको हो ।

२०६६ सालदेखि निर्माण शुरु भएपनि बजेट अभाव तथा प्रक्रिया नमिलेका कारण आयोजना अलपत्र अबस्थामा थियो । मन्त्री चौधरीले विशेष चासो राखेपछि अर्थमन्त्रालयले बहवर्षिय ठेक्का आह्वानका लागि सहमती दिएपछि शनिवार आयोजना शिलान्यास भएको छ ।  साथै आयोजना निर्माणको कार्यकालाई यथाशिघ्र गती दिन समेत मन्त्रालयका सचिव र महानिर्देशकलाई समेत निर्देशन दिनुभयो । १ अर्व २६ करोड लागतको आयोजनाको पहिलो चरणको टेण्डर भइसकेकोले निर्माणको काम थालनी हुने उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेशको मात्र नभइ हिमाली जिल्ला मध्यकै ठुलो र लामो प्रशारण वितरण लाइन भएको आयोजना भएकोले यस आयोजनलाई पुर्णता दिन आफु प्रतिबद्ध रहेको उहाँको भनाई छ । मन्त्री चौधरीले नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा ४ ले हरेक नेपाली नागरिकलाई स्वच्छ खानेपानीको हकको व्यवस्था गरेकोले सोही जुम्लाका नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुराउन धौलिगाड खानेपानी आयोजना निर्माणमा विशेष चासोका साथ लागि परेको बताउनुभयो ।

आफु स्वास्थ्य मन्त्री हुँदा जुम्लामा कर्णाली प्रतिष्ठान स्थापना गरेको भन्दै खानेपानी मन्त्री हुँदा बृहत्त धौलिगाड खानेपानी आयोजना शिलान्यास र निर्माण गर्ने अबसर पाएको प्रति खुसी व्यक्त गर्नुभयो । त्यस्तै कर्णाली प्रदेशका पूर्वकानुन मन्त्री तथा सांसद नरेश भण्डारीले धौलिगाड खानेपानी आयोजना विकासको क्षेप्यास्त्र भएको बताउनुभयो ।

२०६४ निर्वाचन जितेपछि कर्णाली प्रतिष्ठान स्थापना संगै धौलिगाड खानेपानी आयोजना निर्माणको पहल गरेका भण्डारीनै गर्नु भएको थियो । धौलिगाड आयोजना निर्माण पश्चात जुम्लाका नागरिकले प्रयाप्त पानी प्रयोग गर्न पाउने र विक्री समेत गरेर आर्थिक भित्राइने उहाँको भनाई छ ।  धौलिगाड आयोजनाको नाम गिनिजुकमा लेखाउन समेत प्रक्रिया बढिरहेको छ । त्यसश्पचा जुम्लाको पानी राष्ट्यि र अन्तराष्ट्यि बजारमा समेत पुग्ने भण्डारीले बताउनुभयो ।

खानेपानी मन्त्रालयका महानिर्देशक सुर्यराज कँडेलले उक्त आयोजनाबाट जुम्लाका चन्दननाथ नगरपालिका सहित तातोपानी र हिमा गाउँपालिकाका १२ हजारबढी घरधुरीका ५९ हजार बढि नागरिक लाभान्वित हुने बताउनुभयो ।

वर्षको ९ महिना हिउँ जम्ने ठाउँमा २ सय ७० किलोमिटर लामो प्रशासण र वितरण लाइन भएको पहिलो योजना भएकोले यसलाइ विषेश महत्वका साथ हेरिएको उल्लेख गर्नुभयो ।

प्रतिव्यक्तिले ६५ लिटर पानी पाउने  डिजाईन गरिएको छ । भने,मुहानमा प्रतिसेकेण्ड ८५ लिटर पानी भएपनि आयोजना मार्फत प्रतिसेकेण्ड ५५ लिटर  मात्रै ल्याउने डिजाइन भएको छ । झण्डै ९ किलोमिटर विशेष प्रविधिको पाईप जडान हुने छ । आगामी आव ८१÷८२ भित्रै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भविष्यमा मेलम्ची जस्तो नहोस भनेर दिर्घकालिन फाईदाको डिजाईन गरिएको समेत छ । साथै जुम्लाका राजनीति दल,नागरिक अगुवाहरुले धौलिगाड आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न माग गरेका छन् । भने आयोजनाबाट लाभान्वित चन्दननाथ नगरपालिका सहित तातोपानी र गुठिचौर गाउँपालिकाले १ करोड ४६ लाख बजेट लगानी गरेका छन् । जसमा चन्दननथाले ५० लाख,तातोपानीले ५० लाख र गुठिचौरले ४६ लाख धौलिगाड आयोजना निर्माणका लागि लगानी गरेका छन् ।

धौलिगाड आयोजना तर्दस समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले लामो संर्षघ र प्रयासपछि धौलिगाड आयोजनाले मुर्त रुप पाएकोमा खुसी व्यक्त गर्नुभयो । कर्णालीकै ठुलो खानेपानी आयोजना निर्माण पश्चात जुम्ला बासीका खानेपानी दुख मुक्ती पाउने उहाँको आशा छ ।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस