जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं २ स्थित बाबिरामा भ्यान दुर्घटना हुँदा १२ जना यात्रु घाईते भएका छन् । मंगलबार दिउँसो साढे ४ बजेतिर जुम्ला सदरमुकामबाट नाग्म तर्फ जादै गरेको भे १ ज १२२० नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार १२ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक युबन कुमार चौधरीले बताएका छन् ।
घाईते १२ जनाकै नाम ठेगाना खुलेकाे छ । जसमा हिँमा गाउपालिका वडा नम्बर बस्ने १७ बर्षिया जमुना शाही, हिँमा ४ निकासी बर्षिया भ्यान चालक तथा भ्यान मालिका बिर्ख बहादुर शाही , हिमा १का १५ बर्षिया बिविक शाही , हिँमा ४ बस्ने सिता रोकाया र उनकी ५ महिनाकाी छोरी प्रेमीका रोकाया रहेका छन् ।
कालिकोटको तिला गुफा नगरपालिका वडा नम्बर २ बस्ने ४८ वर्षका रन बहादुर बोहोरा साेही वडा निबासी बर्ष ३४ की बेलकृष्ण बोहोरा, सिँजा गाउँपालिका वडा नम्बर ३ बस्ने ३१ बर्षका कर बहादुर नेपाली , सिँजा २ बस्ने बर्ष ३६ का जीवन प्रसाद तिवारी , सँजा ३का ४२ बर्षका मेघ बहादुर सार्कि , तिला गाउँपालिका वडा नम्बर ८ बस्ने धनमल बस्नेत , तिला १ बस्ने काउरे बुढा घाईते भएको सचुना अधिकारी चौधरीले बताएका छन् ।
उनका अनुसार घाईते १२ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको बताएका छन् । घाईतेहरुकाे तत्काल उद्दारका लागि ताताेपानी गाउँपालिकाले आफ्नाे एम्बुलेन्स पठाएकाे थियाे ।



