एमालेबाट चन्दननाथको मेयरमा धमेन्द्र रोकाया, उपमेयरमा मेनका रेग्मी

जुम्ला ः नेकपा एमाले पार्टीबाट जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा युवा नेता धर्मेन्द्र रोकायालााई मेयर पदको उम्मेदवार बनाएको छ । उपमेयरमा मेनका रेग्मीलाई उम्मेदवार बनाएको हो ।
मेयर र उपमेयर पदका लागि पार्टीमा धेरै आकांक्षी भएपनि पार्टीले धर्मेन्द्र रोकायालाई मेयर र मेनकालाई उपमेयरको उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए ।
यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएकी थिइन् ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस