हिमा गाउँपालिका माओवादीको घोषणा पत्रमा रैथाने वालीको संरक्षण र प्रवर्धन


जुम्ला ः जुम्ला रैथाने तथा अर्गानिक बालीले परिचित छ । यहाँका मार्सी चामल सिमि चिनो कागुना कोदो रैथाने बाली हुन् । चिनो कागुनो दुई दशकपछि निकै कम उत्पादन हुने गरेको छ । तर यो बालीको बजारमा निकै महंगो मुल्यमा विक्री हुदै आएको छ ।
लोपउन्मुख रैथाने बाली संरक्षण तथा प्रवर्धन गर्न आवश्यक रहेको बेला जुम्लाको हिमा गाउँपालिका माओवादी केन्द्रले आप्mनो चुनावी घोषणा पत्रमा भने प्रथामिकतामा राखेको छ । यो गाउँपालिकामा माओवादी केन्द्रले स्थानीय तहको चुनाव जितेपछि रैथाने बाली संरक्षण प्रवर्धन गर्ने प्रतिबद्धता जनाएको छ । कृषकलाई स्याउ वीमाको व्यवस्था गर्ने, विकास निर्माण सँगै स्वयंसेवक सेवा केन्द्र तथा नागरिक मुक्ति केन्द्र स्थापना गर्ने, गाउँपालिकामा जडिवुटि केन्द्र स्थापना गरिनेछ ।
माओवादी केन्द्र अध्यक्ष पदका उम्मेदवार अमरराज शाहीले घोषणा पत्रमा हिमा गाउँपालिकामा प्रवेश गर्ने पर्यटकका लागि सूचना केन्द्र स्थापना गरि सजिलो बनाउने उल्लेख गरेका छन् ।
सार्वजनिक गरिएको घोषणापत्रमा हरेक पर्यटक रारा र सिञ्जा आउँदा त्यहाँको समग्र अवस्था पूर्व जानकारी दिने सूचना केन्द्रको आवश्यक भएकाले हिमा गाउँपालिकामा केन्द्र स्थापना गरिने जोड दिईएको छ । अध्यक्षका उम्मेदवार शाहीले हिमा गाउँपालिका रारा सिजा पर्यटन क्षेत्रको प्रवेश द्धवार हो । यहाँ आउने पर्यटकका लागि सूचना केन्द्रका रुपमा विकास गरिने छ ।
स्वयंसेवक सेवा केन्द्र स्थापना
अध्यक्षका उम्मेदवार शाहीले सार्वजनिक गरेकोे घोषणा पत्रमा यूवालाई रोजगारीमा प्रथामिकता दिने, नागरिकको सूचना प्रवाहका लागि गाउँपालिकामा आफ्नै स्थानीय एफ एम रेडियो स्थापना गर्ने, सवै वडामा स्वास्थ्यचौकी स्थापना गरिने उल्लेख गरिएको छ ।
हिमामा रहेको रुपीछहरा झराको बिस्तृत विकास गर्दै प्रमुख पर्यटकीय र आम्दानीको स्रोत गरिने छ । हिमा माओवादीको घोषणापत्रमा त्यहाँ रहेको प्रथामिक स्वास्थ्य केन्द्रलाई विशेषज्ञ सेवा सहित सेन्टर फर एक्सलेन्सको रुपमा विकास गरिने, विपन्न वालवालिकाको रुपमा रहेको हिमा आवासीय विद्यालयलाई स्तरउन्नति गरिने घोषणापत्रमा उल्लेख रहेको छ । स्थानीय कला, सस्कृति र सम्पदाको संरक्षण र प्रर्वधनका कार्यक्रम ल्याईनेछ ।
यसैगरी नाग्म गमगडी राजमार्गको स्तरउन्नतिका लागि पहल गरिने बताईएको छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घुम्ति वैंकबाट शुरु गरिनेछ । यूवाहरुको प्रतिभा पहिचानका लागि प्रतियोगिता र प्रतिभालाई सेवा सुविधा दिईने लगायत विभिन्न कार्यक्रम रहेका छन् । हिमा गाउँपालिकाको तर्फबाट स्थानीय तहको निर्वाचनमा अध्यक्षका उम्मेदवार शाही, उपाध्यक्ष कल्पना परियार सहितको टिम चुनावी प्रतिस्पर्धामा रहेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस