जुम्ला । जुम्लाको खेल क्षेत्रलाई अनुशासित र मर्यादित बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । जुम्लामा पछिल्लो समय भलिबल,फुटबल,कराते,तेकान्दो,कवडी लगायतका विभिन्न खेलको आर्कषण बढेपनि अनुशासनको कमी भएकोले खेल क्षेत्रलाई अनुशासित बनाउनु पर्नेमा सरोकारावाले जोड दिएका हुन्
। अनुशासन विना खेल क्षेत्रको विकास चुनौती पुर्ण रहेकोले अनुसाशन पालनामा ध्यान समेत सुझाब दिएको छ ।
कर्णाली स्र्पोट क्लबद्धारा आयोजित जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले खेलका नियमसंगै अनुशासनका कुरा सिकाउन आबश्यक रहेको बताए । जुम्लामा हुने हरेक खेलकुद आयोजनामा विभिन्न कारणले झगडा र विबाद हुने भएकोले अनुशासनको कमी देखिएको उनको भनाई छ । खेल क्षेत्रको विकासमा आबश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जुम्लामा खेल क्षेत्रको आर्कषण बढ्दो भएपनि अनुशासन कमी देखिएको बताईन् । भौतिक पूर्वाधार मात्र विकास नभएकोले खेल क्षेत्रको विकासमा स्थानीयतहले लगानी बढाउनु पर्नेमा जोड दिईन् ।
कर्णाली स्र्पोट क्लबकका अध्यक्ष सरोज शाहीले बितको पाँच वर्षमा स्थानीय सरकारले खेल क्षेत्रलाई अपेक्षित सहयोग नगरेको बताए । उनका अनुसार खेल क्षत्रमा संघ प्रदेश देखि स्थानीयतहको समेत न्युन लगानी छ । नयाँ खेलाडी उत्पादन तथा पुरानालाई स्थापित गर्न जंगलमा सडक बनाउनु भन्दा खेलमैदान बनाउनु पर्नेमा उनको जोड छ ।
जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । विद्यालय स्तरमा खेल क्षेत्रको विकास गर्नका लागि प्रशिक्षण दिइएको हो ।
एक दिने जिल्ला स्तरीय प्रशिक्षक र विद्यालयका खेलशिक्षकलाई प्रशिक्षक तथा प्रशिक्षण कार्यक्रममा क्वबबाट १५ जना, विद्यालयबाट २४ जनासंगै ,तेकान्दो,एन्फा र मार्सलाट तर्फका गरी जम्मा ८९ जना सहभागी भएको कर्णाली खेलकुद क्लबका सहसचिव धनराज सुनारले जानकारी दिए ।