जुम्ला । विहिबार राति हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विधुतगृह भासिदा एकै परिवारका ३ जना मृत्यू भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई, सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, गैसस सहितको टिमले घटनास्थलको अवलोकन गरेको हो ।
घटना स्थलको अवलोकन गरेपछि हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहात स्वरुप एक लाख रकम दिने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले गाउँपालिकाले घटनाको प्रकृति हेरेर अहिले स्रोत साधन अनुसार एक लाख रकम दिने तथा क्षेतिग्रस्त विधुत गृहको निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयाे ।
अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको वैठले गाउँपालिकाको तर्फबाट शोक प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ ।
यसैगरी संघीय सरकारले नियमानुसार प्रति व्यक्ति एक लाखको दरले राहात प्रदान गर्ने तथा एकै परिवारमा बढि मानवीय क्षेति भएमा एक लाख थप पाउने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले बताउनुभयो ।
प्रजिअ प्रसाईले आवश्यक प्रमाण भएमा चाडै श्रीमान्को खातामा रकम हालिने उहाकाे भनाई छ । यसैगरी मृतकको पोष्टमार्टम समेत भईसकेको छ