जुम्ला ः नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको हो ।
माओवादीको हालै सम्पन्न बैठकले उम्मेदवारका नाम टुंगो लगाएर जनाएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ४ जना प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ ४ जना र प्रदेश निर्वाचन (ख) प्रत्यक्ष तर्फ ७ जनाको नाम सिफारिस गरिएको जनाएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नरेश भण्डारी, डाक्टर कलबहादुर रोकाया, गोमा गौतम र मनऋषि धितालको नाम सिफारिस गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ नवराज न्यौपाने, वीरबहादुर कुवँर, मुनबहादुर बुढा र लतिलजंग महतको नाम सिफारिस भएको माओवादी पार्टी जुम्लाले जनाएको छ ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) प्रत्यक्ष तर्फ देविचन्द्र उपाध्याय, चन्द्रविर तिरुवा, रजबहादुर शाही, रतनबहादुर शाही, जगत शाही, जरीलाल भट्टराई र दलबहादुर जिसीको नाम सिफारिस भएको जनाएको छ ।
माओवादी जुम्लाले टुंग्यायो उम्मेदवार, संघमा चार जनाको नाम सिफारिस
प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस