अर्थमन्त्री शर्माद्धारा गुठिचौर एग्रोफर्म उद्घाटन


जुम्ला । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताउनुभयो । कृषि उत्पादन बृद्धि बिना मुलुकको आर्थिक समृद्धी र आयात प्रतिस्थापन असम्भव रहेको उहाँको भनाई छ ।

जुम्लाको गुठिचौर गाँउपालिका ५ स्थित जुम्लाकै ठुलो गुठिचौर एग्रोफर्मको उउद्घाटन गर्न शनिवार जुम्ला पुगेका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योग्दान महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“जुम्लाको स्याउ,सिमि र ओखरलेनै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा यूवा आर्कषित गर्ने नीति ल्याउन जरुरी छ । गुठिचौर एग्रो फर्म जुम्लाको आर्थिक विकासका एक आयाम हो । संघिय सरकारले दुर्गमक कृषि क्षेत्र उत्थानका लागि आबश्यक लगानीको नीति बनाउँछ ।”

कर्णाली कृषि,पर्यटन,जडिबुटीका हिसाबले प्रचुर सम्भावना युक्त प्रदेश भएपनि ठोस नीति र प्रयाप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको उल्लेख गर्नुभयो । जुम्लाका उत्पादनलाई सहज रुपमा बजारमा पुराउन,किसानलाई सहुलियत दिन तथा विचौलिया लाई पाखाँ लगाउन सरकारले ठोस नीति लिने समेत अर्थमन्त्री शर्माले प्रतिबद्धता गर्नुभयो ।

कर्णालीको कृषिमा प्रयाप्त लगानी भएमा कर्णालीको गरीबी पाँच वर्षमा अन्त्य हुने समेत उहाँको भनाई छ । जुम्ली उत्पादनलाई राष्ट्यि तथा अन्तराष्ट्यि बजारमा पुराउने सहज वाताबरण बनाउन सरकार लागि परेको उल्लेख गर्नुभयो ।

किसानलाई प्रोत्साहन,सहुलियत कर्जा,उत्पादीत बस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार छ । अर्थमन्त्री शर्माले थन्नुभयो,“कर्णाली संग सम्रग मुलुकलाईनै पाल्न सक्ने सामाथ्र्य भएकोले कर्णालीमा लगानी बढाउन जरुरी छ । किसान पेसन कार्यक्रमलाई दुर्गममा पुराउन,किसानलाई उपयुक्त प्रविधि मल विउ समयमै पुराउन समेत सरकार गम्भीर छ ।”

त्यस्तै सांसद गजेन्द्र बहादुर महतले गुठिचौर एग्रोफर्म जुम्लाकै नमुना र आर्थिक समृद्धीको आधार रहेको बताउनुभयो । सयौलाइ रोजगारी सृजना देखि कृषि क्रान्तीको सुरुवात भएकोमा खुसी व्यक्त गर्नुभयो । गुणस्तरीय स्याउ उत्पादन जोड दिन अनुरोध गर्दै बजारीकरणको चिन्ता नगर्न समेत अनुरोध गरे । गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गिय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताउनुभयो ।

२०७५ सालदेखी सुरुवात गरिएको गुठिचौर एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार विरुवा रोपिएको संचालक मिम वहादु भण्डारिले बताउनुभयो । ५० हजार विरुवा रोप्ने लक्ष्य राखिएको छ । भण्डारीले भन्नुभयो,“जुम्लाकै ठुलो स्याउ बगैचा उद्घाटन गर्न अर्थमन्त्री ल्याउनु जुम्लाको सम्भावनालाई देखाउन खोजिएको हो । जुम्लाले कृषि क्रान्ती शुरु गर्छ । स्याउलाई आर्थिक समृद्धीको मेरुदण्डका रुपमा खेती गर्न जरुरी छ ।”

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस