
जुम्ला । असाेज १९ देखि २५ गते सम्म भएकाे अविरल वर्षापछि आएकाे विशाल बाढि पहिराेले अबरुद्द कर्णाली राजमार्ग खुलेकाे छ । बाढि पहिराेले कर्णाली राजमार्गकाे झण्डै ४० किलाेमिटर सडक अबरुद्द थियाे ।
जुम्ला सडक डिभिजनकाे कार्यक्षेत्र पर्ने दैलेखाेला-जुम्ला सम्म १०४ किलाेमिटर मध्य ४० किमि सडक पहिराेले पुर्ण अबरुद्द हुदा कर्णालीकाे जनजीवन नराम्ररी प्रभावित भएकाे थियाे ।
भने,उक्त सडक मार्फत यात्रा गरेका यात्रुहरु र पहिराे देखेका नागरिकले कर्णाली राजमार्ग खुल्न कम्तिमा ४/५ महिना लाग्ने र तत्काल कुनै पनि ताकतले सडक खुल्न सम्भव नरहेकाे असम्भव तर्क दिईरहेका थिए ।
केही स्थानीय अगुवा तथा सचेत यूवाहरुले २/३ हप्ता त के कम्तिमा ४ महिना सम्म सडक कुनै पनि हालतमा नखुल्ने ठाेकुवा समेत गरेका थिए ।
तर सडक डिभिजन जुम्ला र नेपाली सेना दिनरात निरन्तर खटेर नागरिककाे अपेक्षाभन्दा धेरै छिटाे कर्णाली राजमार्ग खुलेकाे छ । अबरुद्द भएकाे २० दिनपछि साेमबार राती साढे ८ बजेबाट कर्णाली राजमार्ग खुलेकाे सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताउनुभयाे ।
सडक खुलाउन सडक डिभिजन जुम्लाकाे १ सय बढि जनशक्ति फिल्डमा खटिएकाे थियाे । भने, नन्दाबक्स गण जुम्लाकाे ५० जना टाेलि राँचुलीमा क्याम्पनै बसेर सडक खुलाउन खटिएकाे थियाे । प्रमुख श्रेष्ठले भने,”दिनरात भाेक निद्रा नभनी खटिएर साढे दुई हप्तामै राजमार्ग खुलाउन सफल भयाै । तिहारमा कर्णालीबासीलाई उपहारका रुपमा राजमार्ग खुलाउने लक्ष्य अनुसार काम गरेका हाै । साेमबार राति साढे ८ बजेदेखि सडक संचालनमा आएकाे छ ।”
ईन्धनकाे अभाव चुलिएकाे बेला सडकका कर्मचारीले डिजेल बाेकेर समेत सडक खुलाउन जुटेका थिए । साथै दिनरात निन्तर पहिराे पन्छाउने डाेजर चालक समेत धन्यबादका पात्र छन् ।
कर्णाली राजमार्ग कति बेला र कहिले खुल्छ भन्ने कर्णालीबासीकाे अहिले मुख्य चासाेकाे विषय बनेकाे थियाे । दिपावलिमा घर जान नपाएर अलपत्र परेका नागरिक सडक खुलेपछि उत्साहित भएका छन् । राजमार्गकाे धनडा सडक खण्डबाट अबरुद्द पन्छाउने काम सम्पन्न भएकाे प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयाे । उहाका अनुसार सडक खुलाउन चाउचाउकाे साहारामा रातदिन लेन्थवर्कर,ईन्जिनियर,सब-ईन्जिनियर लगायतका १ सय जना जनशक्ति खटिएकाे थियाे ।
सडक खुलेपनि सचेत भएर यात्रा गर्न सडक डिभिजनले अनुराेध गरेकाे छ । सडक खुलाउनका लागि सडक डिभिजनका प्रमुख राजिव श्रेष्ठ नियमित फिल्डमै खटिएका छन् । भने सयाै जनशक्ति परिचालन समेत गरेका छन् ।
त्यसै अबरुद्द कर्णाली राजमार्ग खुलाउन नन्दाबक्स गण जुम्लाकाे ५० जना सेनाकाे टाेली कार्यक्षेत्रभन्दा बाहिर कालिकाेटकाे राँचुलीमा क्याम्प स्थापनागरि बसेका थिए । विशाल ढुंगा फुटाउन सेनाले दुइदर्जन जति ब्लाष्टिङ गरेकाे छ । सडक खुलाउन दिनरात नभनि सेनाले साथ दिएकाे छ । सडक अबरुद्द पछि आत्तिएका कर्णालीबासीलाई चाडै राहत दिन र सडक खुलाउन कार्यक्षेत्रभन्दा बाहिर कालिकाेट क्याम्प बस्नेगरि सेना पठाएकाे नन्दाबक्स गणका गणपति रविन थापाले बताए । उनले भने,”यसपालीकाे विपदमा प्रभावित नागरिकलाई राहत उद्दार तथा पुर्नस्थापनाका लागि सेना गाउँमै खटिएकाे छ । साेहि अनुसार सडक डिभिजनकाे समन्वयनमा पहिराे पन्छाउनेदेखि ब्लाष्टिङ गरेर सडक खुलाउन सेना सक्रिय भएकाे थियाे ।” गणपति थापा पनि सडक खुलाउन निन्तर फिल्डमा खटिएका थिए ।
सडक खुलेपनि तत्काल सुरक्षित यात्रा हुने छैन् । बाढि पहिराेले सडककाे दुरावस्था भएकाले यसकाे स्तरउन्नतीका लागि संघिय सरकारले विशेष प्याकेज सहित बजेटकाे व्यवस्थापन गर्न जरुरी रहेकाे नेपा पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनु भयाे ।
उहाँले भन्नुभयाे,” यति छिटाेल सडक खुल्ने कसैले विश्वास गरेका थिएनन् । सडक डिभिजनका कर्मचारि र सेनाले अप्रत्यासी रुपमा नागरिककाे अपेक्षाभन्दा अघिनै सडक खाेलेर ईच्छा शक्ति,निरन्तरता र उत्तरदायित्वकाे पाठ सिकाएका छन् । याे कामकाे जत्ति प्रशंसागरेपनि पुग्दैन् ।”
सडक खुलाउन कालिकाेट र मुगुका प्रहरी प्रशासनले साथ दिएकाे थियाे । भने, विशेषगरी जुम्लाका प्रमुख जिल्ला अधिकारी,समन्वय प्रमुख,मेयर,नन्दाबक्स गणका गणपति,बाईपति,नेपाल प्रहरीका डिएसपि,शसस्त्रका एसपि,उधाेग बाणिज्य संघ,पत्रकार लगायतका सराेकारवालाले विशेष सहयाेग गरेका थिए ।



