जुम्ला । नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही जुम्लाकाे तीन दलीय गठन्बन्धनका तर्फबाट जुम्ला निर्वाचन क्षेत्र (क)बाट उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिनु भएकाे छ । गठबन्धनकाे साथले बहुतम पाएर जित्ने दाबी गरिरहेका शाहीले जुम्लाका आधारभूत विकासका मुद्दालाई प्रथामिता दिएका छन् ।
स्वास्थ्य,शिक्षा,खानेपानी,सडक,
नेता कार्यकर्ताले जितपछि कर्णाली प्रदेशकाे सम्भावित मुख्यमन्त्रीका रुपमा शाहीलाई अघि सारिएकाे भन्दै गर्दा उम्मेद्वार शाही भने यसबारे आफुले बाेल्न नमिल्ने बताउनु हुन्छ । पार्टि एक्लै चुनाव लडेकाे भए बेग्लै कुरा हाे । अहिले गठबन्धन छ । मंसिर ४ पछि पनि गठबन्दन दलकै सरकार बन्छ । उहाँले भन्नुभयाे,”गठबन्धनका तीनै उम्मेदवारकाे जीत सुनिश्चित छ । जितेपछि म कुनै महत्वपुर्ण भुमिका रहन्छु । तर मुख्यमन्त्री हुने कुरा मेराे मुखले भन्न मिल्दैन् ।”
निर्वाचन क्षेत्र (क) बाट गठबन्धनकाे साथले बहुमत ल्याई जित्ने शाहीले दाबी गरि रहंदा उहालाई स्वतन्त्र उम्मेद्वार देवेन्द्र बहादुर शाही चुनाैती छ । नेपाली काँग्रेसले आफ्नाे अपमान गरेकाे भन्दै स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका देवेन्द्र शाहीले दलका उम्मेदवारलाई टक्कर दिने देखिएकाे छ । तथापी आफू लगायत गठबन्धनका उम्मेद्वार सम्मानजनक मतका साथ जित्ने शाहीकाे दाबी छ ।
अबसर दिदा दिदै सम्मान गर्दा गर्दै पार्टिका केही जिम्मेवार नेताहरु विद्राेहकाे नाम दिएर चाेईटिएका मात्र हुन् । त्यसले कुनै ठुलाे असर गर्दैन । उम्मेद्वार शाहीले थप्नुभयाे,”केही प्रतिशत काँग्रेसका मत काटिनसक्छ । तर गठबन्धन दल माओबादि र एकीकृत समाजबादीबाट काटिकाे भन्दा बढि भाेट आउने छ ।”
जनताका असिमित आबश्यकताहरु छन्,स्राेत साधन सिमित छन् । घरदैलाेका क्रममा जनताका वास्तविक गुनासा,समस्या माग र आबश्यकता बुझ्ने,सुन्ने र नियाल्ने गरेकाे छु । जनताले मलाई भाेट दिएर पछुताउनु पर्ने छैन् । म जनताकाे सच्चा सेवक बन्न,जुम्लाकाे सर्वपक्षिय विकास गर्न आफ्नाे उम्मेदवारी रहेकाे ललितजंग शाहीकाे भनाई छ ।
२०७० सालकाे चुनाव जितेर जाँदा मैले सक्ने जति विकास निर्माण त गरेनै । सबैभन्दा महत्वपुर्ण काम संविधान निर्माण गरि जारी गरियाे । तथापी विगतमा नागरिककाे अपेक्षाकृत काम हुन नसकेकाे महसुस गरेकाे उल्लेख गर्नु भयाे । त्यसैले आगामी मंसिर ४ मा हुने निर्वाचनबाट जितेर सच्चा जनताकाे सेवक बन्ने र समृद्द जुम्ला बनाउने हुटहुटी रहेकाे उहाँकाे भनाइ छ ।
शाही भन्छन,”गठबन्धन प्रति म पुर्ण विश्वस्त छु । यसमा कुनै शंका छैन् । जनता पनि विचारमा विचलित भएकाे देखिदैन् । विगतमा पनि जुम्लाकाे विकास र निकासका लागि मेराे याेगदान र पहल कतै कमि छैन् । अहिले पनि जनताका आधारभुत विकासका मुद्दालाई प्रथामिकता दिएकाे छु । जनताकाे सेवक बन्न अठाेट गरेकाे छु । त्यसैले पनि जित्नेमा कुनै दुविधा छैन् ।”
केके भएका थिए उल्लेखीय काम
ललितजंग शाही २०७० सालकाे निर्वाचनमा नेपाली काँग्रेसकाे तर्फबाट जुम्लादेखि विजय भएर सिंहदरबार प्रबेग गर्नु भयाे । प्रत्यक्षमा बहुमत ल्याएर शाही जित्दा माओबादि,एमालेले पराजय भाेग्नु पराे भने,समानुपातिकमा चित्त बुझाउनु परेकाे थियाे ।
मुख्यतया: मुलुककाे संविधान निर्माणदेखि जारी प्रक्रिया सम्म उहाँकाे महत्वपुर्ण भुमिका र याेगदान रह्याे । त्यसका साथै जुम्लाकाे विकासका लागि उल्लेखीय काम तथा पहल भएकाे शाहीले बताउनु भयाे ।
पहिलाे,२०७० मा जित्दा सदरमुकाम संग आवतजावतमा असहजता भाेगिरहेकाे पातारासी क्षेत्रकाे सहजताका लागि उर्थु पक्कि पुल आफ्नै हातले शिलन्यास गरि निर्माण गरेकाे ।
दाेस्राे,साविक कर्णालीकै पहिलाे चन्दननाथ नगरपालिकाकाे १० नम्बर वडा सदरमुकाम आउन यातायात पहुँच नहुँदा सास्ती भाेगिरहेकाे अबस्था नयाँ बसपार्क नजिक पक्की पुल निर्माण शाहीकै पहलमा निर्माण भएकाे ।
तेस्राे,तिलाकाे त्रिवेणी हुँदै ताम्ती टाेप्ला जाजरकाेट जाेड्ने पक्की पुल निर्माणका लागि पनि आफ्नाे पहल रहेकाे शाहीकाे दाबि छ ।
चाैथाे,जुम्ला उर्थु,पटमारा,बुलबुले रारा सडककाे ट्रयाक खाेल्न २०७० मा शाही माननीय हुँदा आफुले पहल गरेर निर्माण थालनी भएकाे ।
पाँचाै,सिटामाेल नपाएर मृत्युवरण गर्ने जुम्ला सहित कर्णालीमा स्वास्थ्य सेवा,अध्ययन र अनुसन्धानका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि सदनमा नियमित दबाब दिने बाेल्ने गरेकाे र तत्कालिन अर्थमन्त्री काँग्रे नेता रामशरण महत हुँदा बजेट पास गरेर प्रतिष्ठानले मुर्तरुप पाएकाे ।
छैटाे,जुम्लामा जवा नदीबाट ५ मेगावाट विधुत उत्पादनका लागि बजेट सहित व्यवस्था गरेपनि प्रक्रियागत हिसाबले काम नभएकाे । विधुत उत्पादन काम अघि नबढेपछि आफ्नै सरकारका विरुद्दमा सर्बाेच्चमा रिट दिएकाे । तर अहिले जितेपछि विधुत उत्पादनकाे कामलाई जाेड दिईने उहाकाे भनाई छ ।
उल्लेखित काम लगायत अन्य साना तिना थुप्रै कामहरु गरेकाे शाहीले जानकारी दिनुभयाे । विगतमा जनताका जनजीविका संग जाेडिएका महत्वपुर्ण काम गरेकाे र अहिले पनि जनताकै आधारभुत विकासमा केन्द्रित भएकाे र गठबन्धन बलियाे भएकाले जित्ने र जनताकाे सेवक बन्ने अवर मिल्ने उम्मेद्वार ललितजंग शाहीकाे विश्वास छ ।