देशको विकास गर्नु मेरो कर्तव्य हो : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकास गर्नु आफ्नो कर्तव्य रहेको बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक गठबन्धनद्वारा डडेल्धुराको अजयमेरु गाउँपालिकामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

आफु पाँच पटक देशको प्रधानमन्त्री भइसकेकाले अब देशको समृद्धि र सुदूरपश्चिमको विकासको पक्षमा लाग्ने बताउनुभयो । डडेल्धुरामा पर्यटकीय सडक निर्माण गरी अन्य जिल्लाभन्दा डडेल्धुराको विकासमा बढी जोडदिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

डडेल्धुरामा एयरपोर्ट निर्माण, मेडिकल कलेज सञ्चालन लगायतका महत्वपूर्ण काम मेरो पालामा नै सम्पन्न गर्ने धोको रहेको बताउनुहुँदै अबको मेरो काम भनेकै देशको विकास र समृद्धि ल्याउने रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सोमबार आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको चुनावी आमसभामा सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस