‘जनता नयाँ अनुहारको प्रतिक्षामा छन्,मेरो जीत सुनिश्चित छ’ःस्वतन्त्र उम्मेदवार शाही

जुम्ला ।  आसन्न मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकीदै जाँदा गाउँघरमा चुनावी सरगर्मी बढ्दै गएको छ । उम्मेदवारहरु एजेण्डा बोकेर घरदैलो अभियानमा व्यसंस्त छन् । पार्टीबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका र दलका उम्मेदवार बीच कसले जित्लान भन्ने बहस चिया चौतारामा पनि उत्तिकै भईरहेको छ । एकातिर एक तप्का मतदाताहरु अब राजनीतिमा नयाँ अनुहार आउनु पर्छ भन्दै गर्दा अर्कोतिर पार्टी सिदान्त भन्दा बाहिर जान नहुने तत्कालै विचारबाट विचलीत नहुने बताईरहेका छन् ।

तथापी जुम्लाका स्वतन्त्र उम्मेदवारहरुले भने दलका उम्मेदवारलाई कडा चुनौती दिने देखिएको छ । जुम्ला निर्वाचन क्षेत्र (क)मा देवेन्द्र बहादुर शाही र निर्वाचन क्षेत्र (ख)मा धन बहादुर बस्नेत स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन क्षेत्र (ख) का स्वतन्त्र उम्मेदवार बस्नेतले एमाले उम्मेदवार टेकराज पछाई र गठबन्धनका उम्मेदवार पदम रोकायालाई टक्कर दिने स्थिती छ । यता निर्वाचन क्षेत्र (क)मा भने राम्रो जनमत भएका,विगतदेखि समाज सेवा लागी जनताको मन जितेका स्वतन्त्र उम्मेदवार देबेन्द्र बहादुर शाही काँग्रेसका उम्मेदवार ललितजंग शाही र एमाले उम्मेदवार धिरेन्द्र गिरीलाई कुनै पनि हालतमा पराजय गर्ने दाउँमा छन् ।

गएको स्थानीय तहको चुनावी मत परिणामलाई हेर्दा जुम्लामा संघको टिकट नेपाली काँग्रेसले पाउनु पर्ने हो । तर गठबन्धनका कारण काँग्रेसले नपाउने स्थिती थाहा हुँदा हुदैँ मलाई प्रतिनिधि सभा सदस्यका रुपमा पठाइयो अन्ततः काँग्रेसका भागमा संघ परेन् । २०७४ को चुनावमा पराजय भोगेकाले पनि प्रदेशमा पाउनु पर्छ भन्ने मेरो माग पहिलादेखि भएपनि पार्टीका नेतृत्वले वास्ता नगेपछि स्वभाविक विद्रोहका रुपमा स्वतन्त्र उम्मेदवारी दिएको शाहीको भनाई छ ।

पार्टीभित्रको लगानी, त्याग, तपस्या र बलिदानीको बेवास्ता गर्दै भनसुन र चाप्लसीका भरमा नेतालाई टिकट दिइएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको देवेन्द्र बहादुर शाहीले बताउनुभयो । राम्रो काम गर्न खोज्ने,जनमत भएको,जनताले विश्वास गरेको व्यक्तिलाई पछार्ने,कामै नगर्ने र अरूले गरेकोमा रजाइँ गर्ने प्रबृत्ति र व्यक्तिका विरुद्धमा मेरो स्वतन्त्र उम्मेदवारी हो ।

शाहीले भने,“जनता नयाँ अनुहारको प्रतिक्षामा छन् । राजनीतिमा देखिने उहि अनुहारले मतदाता आजित भईसकेका छन् । म व्यक्तिर प्रबृत्तिका विरुद्धमा उत्रिएको छु । म गठतन्त्र,लोकतन्त्रकै पक्षधर व्यक्ति भएकोले गठबन्धन अझ काँग्रेस भित्रकै बहुमत र अन्य दलको सम्मान जनक मतबाटै जित्नेमा विश्वस्त छु ।”

जल,जमिन,जडिबुटि,खानेपानी लगायत जनताका आधारभूत विकासका एजेण्डा बोकेर घरदैलामा गईरहेका शाही जनताबाट राम्रो प्रतिक्रिया पाएको बताए । दल भन्दा पनि व्यक्ति हेर्ने पक्षमा धेरै मतदाता भएकोले आफ्नो जीतमा कुनै दुईमत नरहेको समेत उल्लेख गरे ।

“झण्डै तीन दशक लामो मेरो राजनीतिक जीवन र निर्माण व्यवसायी हुँदा धेरै मजदुर देखि गाउँका निम्न वर्गका व्यक्तिसंग सहकार्य भएको छ । सबैले मेरो आनीबानी देखि मेरो जीवनशैली राम्ररी बुझेका छन् । घरदैलोमा मैले कुनै सपना बाडेको छैन् । जे गर्छु जितिसकेपछि मात्रै गर्छु भन्नेमेरो सकंल्प छ ।” उनले भने ।

कांग्रेस पार्टी हाम्रो लगानीको प्रतिफल हो । विभिन्न आन्दोलनको प्राप्ती हो । तर हाम्रो योगदानमा अघि लाग्ने चाप्लुसी गर्नेहरुनै रजाई हुनथालेपछि विद्रोह थालेका हौ । नेताको चाकडी गरेर टिकट ल्याउनेलाई जनताले राजनीतिबाटै आउट गर्ने अबस्था आएको छ ।

शाहीले थप्नुभयो,“२०७४ को चुनावमा बामपन्थी दल एकतिर र नेपाली काँग्रेस एक्लै चुनाव लड्दा काँग्रेस संग जम्मा १० हजार भोट मात्रै थियो । तर मैले १४ हजारबढी मत प्राप्त गरेर पनि पराजय भोग्नु पर्यो । बढी आएका ४ हजार मत मेरा शुभचिन्तकको माया थियो । त्यस्तै माया मंसिर ४ को चुनावमा पनि पाउँछु । दलकै मतदाताले जिताउने छन् ।”

‘जुम्ली छोरो नस्ट हुन्छ,तर भ्रस्ट हुदैन’ भन्ने नारा सहित घरदैलोमा व्यवस्त शाही समुदायमा राम्रो छवी भएका नेता मानिन्छन् । उनी निर्माण व्यवसायी हुँदा कुनै पनि निर्माणकार्य अधुरा रहेका छैनन् । सम्झौता भन्दा अघिनै काम सक्ने एक नमुना निर्माण व्यवसायी पनि हुन् ।

लोकतन्त्रमा मतदाता सर्व शक्तिमान हुन्छन भन्ने चरितार्थ लाई आत्मसात गर्दै मतादाताकै साथले जुम्लाको मुहार फेर्न सकिनेमा उनको जोड छ ।
लामो समय देखि शक्ति र सत्ताको आडमा राजनीति लाई पेशा बनाई बसेका केहि व्यक्तिहरु जसले जुम्लाको विकासमा बाधा पुर्याइरहेका छन् । शाही भन्छन,“त्यस्ता व्यक्ति

बिरुद्धको लडाईमा मलाई साथ सहयोग र समर्थन गरी सम्पूर्ण न्याय प्रेमी आम मतदाता ज्यु हरुमा समृद्ध र सुन्दर जुम्ला बनाउने मेरो अभियानलाई सफल बनाउन धारो चिन्हमा मतदान गर्न अपिल छ ।”

सबै वर्ग,समुदाय जात,धर्मका नागरिकको हितका लागि सेवक भएर काम गर्ने,आर्थिक शुसासनमा जोड दिने,जल,जमिन,जंगल,जडिबुटिको संरक्षण,प्रशोधन र बजारीकरण,रोजगारी सृजना,भौतिक विकास लगायतका एजेण्डाहरुलाई प्रथामिकता दिएका छन् । जितिससकेपछि जनता सामु गएरै आबश्यकता पहिचान गरी योजना निर्माण गर्ने उहाँको भनाई छ ।

 

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस