४० करोड लगानीमा नाग्म–गमगडी सडकको साढे ६ किमी पिच हुदैँ

९३ किमी दुरी रहेको नाग्म–गमगडी सडकको साढे ६ किमी सडक पहिलो चरणमा कालोपत्रे हुने भएको छ ।

जुम्ला । नेपालकै आर्कषक पर्यटकिय गन्तव्य रारा ताल जाने पर्यकिय मार्ग नाग्म–गमगडी सडक कालोपत्रे गरिने भएको छ । चालु आर्थिक वर्ष भित्रै सम्पन्न हुने गरी नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रे गरिने भएको हो ।

९३ किलोमिटर दुरी रहेको नाग्म–गमगडी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे ६ किमी सकड कालोपत्रे गर्न लागिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले बताए । भने हाँटसिंजा गुठिज्युलादेखि मालिकाबोता सम्म,नाला निर्माण कंक्रीट ढलान,पर्खाल निर्माण लगायत स्टक्चरको काम हुने भएको छ ।

ईन्जिनियर चौलागाईले भने,“पहिलो चरणमा साढे ६ किलोमिटर सडक कालोपत्रे हुने छ । टेण्डर भएर कार्यालयबाट सम्बन्धीत निर्माण व्यवसायीलाई कार्यआदेश समेत भईसकेको छ । भने फागुन पहिलोहप्ताबाट कालोपत्रेको काम सुरु हुने छ ।”

थोदुङ बाचन जेभी कम्पन्नीले कालोपत्रेको ठेक्का पाएको छ । निर्माण कम्पन्नीले चालु आवकै असार मसान्त भित्र कालोपत्रे सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईले जानकारी दिए । उनका अनुसार नाली निर्माण,पक्की पर्खाल निर्माण,कंक्रीट ढलानका साथै कालोपत्रेको काम हुने छ ।

४० करोड लागत
नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि ४० करोड खर्चिने भएको छ । निर्माण व्यवसायीसंग कालोपत्रेका लागि ४० करोडको ठेक्का सम्झौता भएको छ । कालोपत्रेसंगै अन्य नाला निर्माण कंक्रिट ढलान,पर्खाल निर्माण लगायतका कामहरु हुने छन् ।

पहिलो चरणमा ४० करोड लागतमा साढे ६ किमी सडक कालोपत्रे भएपनि समग्र ९३ किमीनै सडक कालोपत्रेका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए ।

उनले भने,“नाग्म–गमगडी सडक ग्राभेल गरेर सकिएको छ । अबको प्रथामिकता भनेकै सडक कालोपत्रे गर्नु हो । नाग्म–गमगडीको बाँकी ८६ किमी सडकलाई कालोपत्रे गर्न बजेट व्यवस्थापन गर्न सरकारले जोड दिन आबश्यक छ ।”

गुठिज्युला रारा ताल प्रबेशद्धार भएकोलेपनि कालोपत्रेपछि पर्यटकलाई राहत हुने अपेक्षा गएिको छ । सडकको कारण देखाउदै पछिल्लो वर्षमा रारा आउने पर्यटकको संख्यामा गिरावट आएको छ । पर्यटकलाई राहत हुने गरी सडक विकासको कामलाई भने सडक डिभिजनले निरन्तरता दिएको छ ।”
साथै गत गत असोजको बाढीले क्षतविक्षत भएको कर्णाली राजमार्गको पनि स्तरबृद्धि कार्य भईरहेको छ । दैलेखको दैखोलादेखि जुम्ला सम्मको १ सय ४ किमी सडक खण्डको विभिन्न भाग स्तरबृद्धिका लागि ठेक्का भई काम संचालनको प्रक्रियामा रहेको सडक डिभिजन जुम्लाले जनाएको छ । न्युन प्राविधिक जनशक्तिका बीच शनिवार सम्म नभएर साईटमा खटिनु परेको सडकका सव–ईन्जिनियर विरेन्द्र रावलले दुखेसो गरे ।

असोजपछि कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक क्षतविक्षत भएपछि रारामा पर्यटकको संख्या घटेको छ । कर्णाली राजमार्ग स्तरबृद्धिसंगै नाग्म–गमगडी सडक कालोपत्रे हुने खबरले रारामा आउने पर्यटक उत्साहित भएको रारा राष्ट्यि निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस