जुम्ला ः गुठीचौर गाउँपालिका – ३ गज्यांकोटको विद्युत अवरुद्ध भएको छ । विद्युतको नहर भत्केपछि फागुन १० गतेदेखि विद्युत अवरुद्ध भएको हो ।
उक्त साना विद्युत आयोजनाबाट गुठीचौर गाउँपालिका – ३ गज्यांकोट गाउँ पाँच सय र वडा नं ४ का ८४० घरधुरी विजुली बाल्दै आएका थिए । तर विद्युतको नहर भत्केपछि एक सातादेखि उपभोक्ताले विजुली बाल्न पाएका छैनन् । अध्यारोमै दैनिकी विताउने काम गरेका छन् ।
विद्युत नहरको १८ लिटर लम्बाई र ५ मिटर उचाई भत्केको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले भने विद्युत नहर मर्मत गर्नका लागि ग्याविन जाली भर्नुपर्ने छ । नहर मर्मत गर्न ठेकेदार र उपभोक्ताबाट धेरै समय लाग्ने भएकाले पालिकाले ग्याविन जाली, केही सिमेन्ट र ढुंगा ढुवानीमा लगानी गर्ने छ । अरु काम सवै श्रमदानमै काम सुरु गरेका छौँ ।
दैनिक पाँच सय स्थानीय बासीलाई श्रमदानका लागि परिचालन गरिउको उनले बताए । उनले भने अबको १० दिनभित्रै विजुली बाल्ने तयारी गरेका छौँ ।
ठेक्का र उपभोक्ता समिति मार्फत नहर मर्मत गर्दा करिव ६० लाखको योजना हो । वडाध्यक्ष टिकादत्त न्यौपानेले भने श्रमदानबाट न्युन रकमबाट नहर मर्मत गरी विजुली बाल्ने योजना रहेको छ ।