जुम्लामा १३ औँ राष्ट्पति रनिङशिल्ड सुरुः गुठिचौर र सिंजा प्रतियोगितामा असहभागी


जुम्ला । जुम्लामा अन्तर माध्यमिक विद्यालय स्तरीय १३ औँ राष्ट्पति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्का लागि खेलकुद” भन्ने नाराका साथ सोमबारदेखि जुम्लामा १३ औँ राष्ट्पति रनिङशिल्ड सुरु भएको हो ।

आठ स्थानीय तह रहेको जुम्लामा प्रतियोगिताका लागि चन्दननाथ नगरपालिका सहित पातारासी,तातोपानी,तिला,हिमा र कनकासुन्दरी गाउँपालिकाका खेलाडी सहभागी भएका छन् । भने,गुठिचौर र सिंजा गाउँपालिकाका खेलाडी सहभागी छैनन् । १२ आँै राष्ट्पति रनिङशिल्ड गुठिचौर गाउँपालिकामा आयोजना गरिएको थियो । तर यस वर्ष सोही पालिका प्रतियोगितामा सहभागी छैन् ।

आगामी चैत २९ गते सम्म दिन संचालन हुने १३ औँ राष्ट्पति रनिङशिल्डको जुम्लाका स्वतन्त्र प्रदेश सांसद देवेन्द्र बहादुर शाहीले उद्घाटन गर्नु भएको छ । प्रतियोगिताको उद्घाटनका क्रममा सांसद शाहीले पिर्के सलामी लिनु भएर । सलामीका लागि पिर्का तयार भएपनि पिर्कामा नउभिने र भुईमै बसेर सलामी लिनु भएको थियो ।

माध्यमिक विद्यालय स्तरको एक आपसमा सम्बन्ध विकास तथा खेल क्षेत्रको प्रर्बद्धन गर्नका लागि राष्ट्पति रनिङशिल्ड कोशे ढुंगा सावित हुने सांसद शाहीको भनाई छ ।

पालिका स्तरमा प्रतिष्प्रर्धा गरी उत्कृष्ट भएका खेलाडी राष्ट्पति रनिङशिल्डमा सहभागी भएका छन् । महिला पुरुष भलिबल,दौड, हाईजम,लम्जम,सटफुट लगायतका खेलहरुको प्रतिप्रष्र्धा हुने छ । खेल अवधिभरको शान्ति सुरक्षालाई थप मजबुद र व्यवस्थित बनाईने सहाय प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

उहाँले भन्नुभयो,“खेलाडीले उत्कृष्ट खेल सगै अनुशासन पनि प्रर्दशन गर्नुपर्छ । अधिकांश क्षेत्रमा यस्ता प्रतियोगिता हुँदा झैझगडा हुने गर्छन् । खेललाई मर्यादित बनाउन खेलाडी अनुशासित हुन जरुरी छ । सुरक्षा व्यवस्था मजबुद गरिने छ ।”

प्रतियोगिताको उद्घाटन शत्रमा सबै पालिकाका प्रमुख,खेल प्रशिक्षक शिक्षक तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । भने, १३ औँ राष्ट्पति रनिङ शल्डिको मुख्य आयोजक चन्दननाथ नगरापलिका,खेलकुद विकास समिति जुम्ला र सह–आयोजक चन्दननाथ मावि प्रायोजकका सिम्पल र जीपि स्टेशनरी जुम्ला रहेका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस