
जुम्ला ।सडक डिभिजन जुम्लाले सुपरभाईजर र लेन्थवर्करलाई पुर्नताजकी क्षामता विकास तालिम दिएकाे छ । कर्णाली राजमार्ग र नाग्म-गमगडि सडकमा कार्यरत सुपरभाईजर तथा लन्थर्वकरलाई वार्षिक कार्यक्रम अन्तरर्गत क्षामता विकास तालिम दिईएकाे हाे ।
सडक डिभिजन जुम्लाकाे कार्यक्षेत्र कर्णाली राजमार्गकाे दैलेखकाे दैखाेला देखि नाग्म जुम्ला सम्मकाे १०४ किमिमा कार्यरत ३५ जना र नाग्म-गमगडि सडककाे ९३ किमिमा काम गर्ने ३१ जना सुपरभाईजर तथा लेन्थवर्ककाे सहभागिता थियाे ।
जसमा लेन्थवर्कर ६५ जना र सुपरभाईजर १४ जना सहभागी थिए । वार्षिक कार्यक्रम अनुसार कर्णाली राजमार्ग तथा नाग्म गमगडि सडककाे सुरक्षा,अतिक्रमणबाट बचाउन,मर्मत सम्भार तथा निर्माण कार्यलाई गति दिने लगायतका विषयमा छलफल गरिएकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताए ।
उनले भने,”सडक सुरक्षाका लागि सुपरभाईजर र लेन्थर्वकर चाैविसै घण्टा साईटमा खटिन्छन् । उनिहरुकाे क्षामता विकास बिना लक्ष्य अनुसार काम हुन सक्दैन् । त्यसैले अतिक्रमण कसरी राेक्ने,निर्माण तथा मर्मतका कामलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल गरेका छाै । यसले दुबै राजमार्गकाे विकासमा टेवा पुग्ने विश्वास छ ।”
कर्णालीकाे फाईफलाईन मानिने कर्णाली राजमार्गलाई भरपर्दाे,सुरक्षित बनाउन सबैकाे,सहयाेग समर्थनकाे खाँचाे रहेकाे छ । वर्षकाे एक पटक हुने सुपरभाईजर तथा लेन्थर्वकरकाे पुर्नताजकि कार्यक्रमले हाैसला उर्था थप्ने समेत विश्वास छ ।



