नक्कली भुटानी शरणार्थी प्रकरण ः संलग्न सबैमाथि कारवाही होस्


जुम्ला : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न सबैमाथि छानविन गरी कार्वाहीको माग गरिएको छ ।
राष्ट्यि प्रजातन्त्र पार्टी जुम्लाले प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई (प्रचण्ड) ज्ञापनपत्र बुझाएका हो ।
राप्रपाका चन्दननाथ नगरपालिका अध्यक्ष अनुप थापाले भने यो अपराध संसारकै अहिले सम्मकै सबै भन्दा ठुलो जघन्य राष्ट्रघाती र देशद्रोही अपराध हो । यस्ता अपराधीलाई छुटकारा किमार्थ दिनु हुदैन ।
हामी नेपाली पछाडी पर्नुको कारण र देश गरिविको रेखामुनि देखि माथि नआउनमा यस्तै किसिमका भ्रष्टाचारले हो । उनले भने भ्रष्टाचारीलाई तह लगाउनु पर्ने यति बेला नै हो । घटनामा संलग्न जोसुकैलाई छानविन गरी कारवाहीको दायरामा ल्याउनु पर्दछ । यो अहिलेको आवश्कता पनि हो ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस