जुम्ला । पातारासी गाउँपालिका वडा नं. २ पेरे निवासी दिप बहादुर ऐडीको पुर्खोउली पेशा हो । भेडा पालनबाटै ऐडीको घर सञ्चालन हुदैँ आएको छ । चाड पर्वमा निको मसिना खाने, घरको नुन तेल गर्ने र परिवारको लुगाफाटो पनि भेडा विक्रीकै आम्दानीले हुदैँ आएको थियो ।
तर असार २८ गते पातारासी २ को (दुगाड पाटनमा) चट्याङ पर्दा १५ वटा भेडाबाख्रा मरेपछि भेडापादक किसान दिप बहादुर ऐडीको रोजीरोटीनै गुमेको छ । भेडा पालेरै घर चलाउद्यै आएका ऐडीका १५ वटा भेडाबाख्रा मरेपछि कमाउने आधारनै खोसिएको हो । पातारासी भेडा पालनका लागि निकै सम्भावना बोकेको क्षेत्र पनि हो ।
उनी भन्छन,“दोस्रो पेशा छैन् । दशै नजिकीदै गर्दा भेडा बेचौला केहि कमाउला भन्ने आशा थियो । तर चट्याङ लागेर मेरा १५ भेडा मरे,अरुका पनि मरेका छन् । पेरे गाउँका भेडा पालक किसान सबै संकटमा छौ । विगतमा भेडा परेका किसानले कतैबाट राहत र क्षतिपुर्ति पाएनन् । हामीले पाउने पनि आशा छैन् ।”
असार २८ गते विहिबार पातारासी २ को (दुगाड पाटनमा) चट्याङ पर्दा दिप बहादुर ऐडी सहित ५ जना किसानका ५० वटा भेडाबाख्रा मरेका छन् । भने ७० वटा बेपत्ता छन् । जसमध्य कृष्ण ऐडीका ३,पृथ्वी बहादुर बोहोराका ७,मिम बहादुर बोहोराका १४ र जय बहादुर ऐडीका ५ गरी ५० भेडा मरेको र ७० भेडा बेपत्ता रहेको प्रहरीको तथ्यांक छ ।
भेडापालेरै घर चलाएका किसान व्यवसायनै संकटमा परेको भन्दै चिन्तीत छन् । राहत र क्षतिपुर्तिका माग समेत गर्दै आएका छन् । पातारासी गाउँपालिकाको विभिन्न पाटनमा वर्षेनी यस्तै चट्यांङ लागेर सयौ भेडा मर्दै आएका छन् । हरेक वर्ष पाटनमा पर्ने चटयांङले सयौ भेडा मर्दा भेडापालक किसानले करोडौको घाटा व्यहोर्दै आएका छन् ।
वितेको तीन आर्थिक वर्षमा मात्रै पातारासी क्षेत्रका विभिन्न पाटनमा ७ सयबढी भेडा मरेका छन् । पाटनमा चर्दै गरेका तथा भेडीगोठमा राखेका भेडा बाख्रा चट्यांङले मरेपछि पातारासीका धेरै भेडा पालक किसानले व्यवसायबाट हात धुनु परेको अबस्था छ ।
यसैबीच गत विहिबार जुम्लाको पातारासी गाउँपालिका २ पेरेको (दुगाड पाटनमा) चट्यांङ पर्दा ५० भेडा बाख्रा मरेका छन् । भने ७० भेडा बेपत्ता भएका छन् । बेपत्ता भेडा बाख्रा पनि मरिसकेको हुन सक्ने अनुमान छ । किन विगतमा चट्यांङ पर्दा बेपत्ता भएका भेडा बाख्रा सबै मरेको भेटिएका थिए । सरदर प्रति भेडा बाख्राको १५ देखि १८ हजारको दरले हिसाब गर्दा १० लाखबढीको क्षति भएको छ ।
त्यस्तै २०७७ को भदौ महिनामा पातारासी गाउँपालिका–४ ढाँणखर्क पाटनमा चट्याङ लाग्दा २ सय १७ वटा भेडा मरेका थिए । पाटनको गोठमा बसीरहेकै अबस्थामा चट्याङ परेपछि २१७ भेडा मर्दा किसानले झण्डै २६ लाख रुपैयाँ बराबरको क्षति र घाटा व्योर्नु पर्यो ।
झण्डै १० जना किसानका २१७ वटा भेडा मरेपछि २६ लाख घाटा व्यवहोरेका किसानले नत कुनै निकायबाट राहत पाए । नत क्षतिपुर्ति । बिमा नगरकै कारण लाखौ घाटा खाएका भेडा पालक किसान राहत र क्षतिपुर्तिको आशा थिए । तर कतैबाट केहि पाएनन् ।
साथै,२०७९ असार १९ गते पातारासीकै बागजाले पाटनमा चट्यांङ पर्दा ३ सय ८० भेडाबाख्रा मरे । जसमध्य ८० वटा भेडाको घटनास्थलमै मरेका थिए । भने,बाँकी तीन सय भेडाबाख्रा बेपत्ता रहेकोमा पछि मृत्त भेटिएका थिए ।
पातारासी गाउँपालिका–४ लुम गाउँका जोरा रोकायाका ६०,रामबहादुर रेउलेको १ सय ७०,शंकर नेपालीका २०,कृषक मानबहादुर रोकायाका ७० सहित बागजाले पाटनमा राखेका ३ सय ८० भेडा मरेका थिए ।
चट्यांङले पाँचजना कृषकका ३ सय ८० भेडा मर्दा झण्डै ४ करोडबढीको क्षति भएको थियो । त्यतिबेला पनि किसानले कतैबाट राहत र क्षतिपुर्ति पाउन सकेनन् । स्थानीय सरकार पशु सेवा कार्यालय काम चलाउ राहत दिएको र व्यवसाय पुर्नस्थापनाको लागि कतै बाट चित्त बुझदो राहत क्षतिपुर्ति नपाएको भेडापालक किसान जोरा रोकायाले दुखेसो गरे ।
यसरी बितेको तीन वर्षमा पाटनमा चट्यांङ परेर पातारासीका किसानका मात्रै ७ सयबढी भेडाबाख्रा मरेका छन् । भने करोडौको क्षति भएको छ । एकातिर पशु विमाको चेतना किसानमा नहुनु,अनिवार्य बिमा गर्नुपर्ने नीति पालिकाले नल्याउनु र क्षतिपछि राहत उद्दारका लागि गैसस,पालिकाले कुनै पहल नगर्नुले जुम्लाको भेडापालन व्यवसाय संकटमा पर्न थालेको छ ।
बजारमा मासुको माग र बढ्दै गएपनि उत्पादन घट्दो छ । बिमा नगरकै कारण भेडापालक किसानले ठुलो क्षति व्यहोर्दै आएका छन् । उपयुक्त राहत र क्षतिपुर्ति नपाएकै कारण चट्यांङ लागेर रोजीरोटी गुमाएका किसानले ईच्छा हुँदा हुदैँ पनि पुँजी अभावले भेडा पालन व्यवसायलाई पुर्नस्थापना गर्न सकेका छैनन् ।