
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका – ३ घुघुत्तिस्थित कर्णाली प्राविधिक शिक्षालय नेपालकै जेठो प्राविधिक जनशक्ति उत्पादन गर्ने विद्याको मन्दिर हो । यो शिक्षालय २०३७ सालमा स्थापना भएको हो । यहाँका भौतिक संरचना जीर्ण हुदै गएकाले कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले स्तरोन्ति गर्ने प्रतिबद्धता जनाएका छन् ।
शिक्षालयको ४३ औँ बार्षिक उत्सवको अवसरमा जुम्ला पुगेका मन्त्री सिंहले यस्तो प्रतिबद्धता गरेका हुन् । उनले शिक्षालयको सवै भौतिक संरचना देखि विभिन्न विषयमा अध्ययन हुने अवस्था र आवश्यक सामग्रीसहित जनशक्तिलाई भौतिक रुपमै अध्ययन अनुगमन गरेर थप स्तरबृद्धि गर्न बजेटको व्यवस्थापन गर्ने विश्वास दिलाएका हुन्
कर्णाली प्राविधिक शिक्षालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीका शिक्षा क्षेत्रका धरोहर हुन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल भने यिनै क्षेत्रमा राज्यको लगानी निकै कम हुने गरेको देखिन्छ । राज्यको लगानी पुगेको छैन । दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्रमा राज्यले लगानी बढाउनु पर्ने देखिएको छ ।
यो शिक्षालयमा उत्पादन भएका दक्ष जनशक्ति स्थायी रोजगारी (जागिरे) बनेर कर्णाली प्रदेशसहित अन्य प्रदेशका विभिन्न जिल्लामा सेवा गरिएको छन् । तर राज्यले उचित मर्मत सम्भार व्यवस्थापन नगर्दा नाजुक स्थितिमा पुगेको छ । ४३ वर्ष पुराना भौतिक संरचना भत्किन थालेका छन् । पानी पर्दा चुइने भएको छ । भौतिक संरचना जीर्ण बन्दै गएका छन् ।
जीर्ण भौतिक संरचना भएको शिक्षालयमा मन्त्रीदेखि सांसद, स्थानीय तहका प्रमुख समेतलाई ल्याएर यहाँ भौतिक रुपमा अध्ययन अनुगमन गरी लगानी गर्न आग्रह गरिएको शिक्षालय प्रमुख टेकेन्द्र थापाले बताए । उनले भने केही सुधार गर्न सकिए पनि अझै धेरै सुधार गर्न बाँकी रहेको छ ।
यो नेपालकै अग्रगामी प्राविधिक तथा ब्यावसायिक विद्यालय हो । यो शिक्षालयलाई प्राबिधिक तथा ब्यवसायिक तालिम परिषदबाट संबन्धन प्राप्त छ ।
यो शिक्षालय करिव ३ किलोमिटर लम्वाई र ०.५ किलोमिटर चौडाइ तथा ६५२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो शिक्षालय निकै उराठलाग्दो बनेको छ । कर्णाली प्राविधिक शिक्षालय जुम्ला चन्दननाथ नगरपालिकाको उत्तर भेगको घुघुत्ती भन्ने ठाउँमा छ । यस कर्णाली प्राविधिक शिक्षालयमा ६७२ विद्यार्थी अध्ययनरत छन् ।
फैलिएको छ । यस अन्तर्गत कृषि, स्वास्थ्य, निमार्ण, वन विज्ञान सम्बन्धी विषय पढाई हुने गर्दछ ।
जुम्ला सदरमुकाम खलंगा बजारदेखि ४० मिनेटको पैदल यात्रा दुरीमा रहेको छ । यस शिक्षालयमा विशेष गरी दुर्गम भेगका, विछडिएका बर्गलाई पेशामुलक शिप दिन स्थापना भएको र यहां अध्ययनरत अधिकांश विद्यार्थी समेत यसै कर्णाली अञ्चलकै रहने गरेको पाईन्छ ।
शुरु स्थापना कालदेखि हालसम्म हजारौँ प्राविधिक जनशक्ति उत्पाद गरी सकेको यस शिक्षालयले समग्र कर्णालीको शिक्षा क्षेत्रमा अतुलनिय योगदान रहेको नकार्न सकिदैन् । यस शिक्षालयमा रहेको भवनको डिजाईन र योजनात्मक बनावटले जो सुकैको मनमा कैतुहलता उत्पन्न गराउन सफल रहेको छ । यही शिक्षालयमा अध्ययन गरेका विद्यार्थी थापा शिक्षालयकै प्रमुख छन् ।
यस्तै कर्णाली प्रदेश सांसद देवेन्द्र शाही पनि यसै शिक्षालयमा अध्ययन गरेका व्यक्ति हुन् । उनले २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभा सांसदमा जुम्लाको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन् । उनले भने यो शिक्षालयमा संघ, प्रदेश र स्थानीय तह सवैले लगानी गर्नुपर्ने देखिएको छ । यहाँका जीर्ण भवन पुननिर्माण गर्नका लागि प्रदेश सरकारसँग पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
यस शिक्षालय अन्तगर्त गरिव ५८ वटा भवन रहेको जस अन्तर्गत कक्षा कोठा, गोष्ठी तथा सेमिनार हल, विद्यार्थीको आवाश भवन, कर्मचारीको आवाश भवन, कृषी फर्म, चमेना गृह लगायत अन्य भवन रहेका छन् । कृषि उत्पादन तथा खेलकुदलाई प्रोत्साहन गर्न यथेष्ट जमिन छुट्याईएको छ । स्वच्छ, शान्त र उच्च ठाँउमा अवस्थित यस शिक्षालयले विधार्थीलाई अध्ययनको वातावरण सिर्जना गरेको छ ।
पछिल्लो समयमा राज्यको ध्यान नपर्दा उचित घेरबार र शिक्षालयको व्यवस्थापकीय पक्ष निकै कमजोर बन्दै गएको छ । कुनै वेला ढुंगाको सिलोट छापिएका यहाँका भवनमा अहिले जस्तापाता प्रयोग गरिएको छ । जस्तापाता छाउदा यो शिक्षालयको मौलिकता पनि हराउदै गएको छ ।
कर्णाली प्राविधिक शिक्षालय जुम्लाको शैक्षिक पर्यटन गन्तव्य पनि हो । अहिले पनि हरेक आन्तरिक पर्यटकको रोजाई बन्छ । कर्णालीको ज्यूँदो इतिहास बोकेको शैक्षिक संस्थाको उन्नति र प्रगतिका लागि सवैको चासोको विषय बन्नु पर्ने अवस्था आएको छ ।
शिक्षालयका भौतिक संरचना भत्कने अवस्थामा पुगेका छन् । बजेट अभावले जीर्ण भवनको मर्मत हुन सकेको छैन । ५८ वटा भवन भएको शिक्षालयका ६ वटा पुराना भवनको मर्मत गरिएको छ । ती भवनका छत, भित्ता, शौचालयदेखि अन्य भौतिक संरचना पनि निर्माण गर्नुपर्ने भए पनि बजेट अभावले समस्या भएको शिक्षालय प्रमुख थापाले बताए ।
प्रमुख थापाले भने, ‘जीर्ण भवन शिक्षालयका विद्यार्थी बस्ने भवन हुन् । छात्राबासमा बस्ने २५० जना विद्यार्थी छन् । जीर्ण भवन कुनै बेला भत्किएको खण्डमा २५० जना विद्यार्थीको जीवन जान सक्छ । राज्यले संरचना बनाउन ध्यान दिँदैन तर दुर्घटना भएको खण्डमा हेलिकप्टर लिएर उद्धार गर्न आउनुको औचित्य छैन ।’
डिप्लोमामा ६ वटा विषय र टीएसएलसीमा २ वटा विषयको अध्ययन भइरहेको छ । डिप्लोमामा निर्माण, सिभिल इन्जिनियर, कृषि, फरेस्ट्री विशेष छात्रवृत्ति विषय अध्ययन भइरहेको छ । प्रि–जेटिए तथा प्रि–सिभिल इन्जिनियरसहितको विषय अध्ययनसमेत भइरहेको छ ।