६ वर्षमा जुम्लाबाट ३८० मेट्रिकटन स्याउ निर्यात

“६ वर्षमा ४५८ मेट्रिकटन स्याउ उत्पादन,३८० मेट्रिकटन निर्यात र ७० मेट्रिकटन घरमै थन्कीएको छ । उपयुक्त मुल्य नपाउने,व्यवस्थित संकलन केन्द्र नहुँदा किसानले स्याउबाट अपेक्षित लाभ लिन सकेका छैनन् ।”

जुम्ला । जुम्ला समृद्धीका विभिन्न सम्भावना मध्य एक, स्याउ खेती हो । कृषि,पर्यटन,जडिबुटि,जल जमिन जंगलका अलवा स्याउ खेती यहाँको आर्थिक समृद्धी तथा सामाजिक रुपान्तरणको मुख्यआधार हो । स्याउ खेतीबाटै जीविका चलाएका,छोराछोरीलाई उच्च शिक्षा दिईरहेका किसान जुम्लामा थुप्रै छन् ।

२०६४ सालमा १४ औँ जिल्ला परिषदबाट अर्गानिक जिल्ला घोषणा भएको जुम्लाको उत्पादनको माग राष्ट्यि तथा अन्तराष्ट्यि बजारमा अत्यधिक छ । तर बजारीकरणको समस्याले शत प्रतिशत उत्पादन विक्री हुन सकिरहेको छैन् । जसका कारण किसानले घाटा व्यवहोर्दै आएका छन् ।

जुम्लाको स्याउ बंगलादेशमा समेत पुराएर विक्री गरेको एतिहास छ । तर पछिल्लो समय व्यापारी र किसानको मिलेमत्तोमा काँचो स्याउ लिने र पछि माग हुँदा पनि नेपालमा स्याउ नपाईने तथा आयातमै निर्भर हुनुपर्ने स्थिती छ ।

बजार सुनिश्चित,किसानलाई हित हुने मुल्य निर्धारण,व्यवस्थित संकलन केन्द्र नहुँदा किसान काँचो स्याउ बेच्न बाध्य छन् । भने केहि ढिला लिएको स्याउले उपयुक्त मुल्य नपाउने र उचित भण्डारण नहुँदा कुहिएर जाने समस्या किसानले भोक्दै आएका छन् । माग बढेनुसार सहज बजारीकरण नहुँदा उत्पादन अनुसार आर्थिक लाभ किसानले लिन सकेका छैनन् । त्यसैले पनि पछि राम्रो मुल्य नपाउने डरले काँचो स्याउ निर्यात गर्न किसान बाध्य छन् ।

काँचो स्याउ निर्यात रोक्ने निर्णय बैज्ञानिक छैन् । किसान सरोज शाही भन्छन,“किसानले जतिबेला राम्रो मुल्य पाउँछ स्याउ लिन्छ ? पछि कसले किन्ने ? निर्यात रोक्ने निर्णय गर्नुभन्दा मुल्य तोक्ने,संकलन केन्द्र बनाउने,बजारीकरणको जिम्मा लिने,किसानको उत्पादन सरकारले किनिदिने जस्तो निर्णय भएको खोई ? औपचारिकतामा सिमित निर्णयले जुम्लाको स्याउको प्रर्बद्धन हुदैन् ।”
वर्षेनि लाखौको स्याउ कुहिएर फाल्नु पर्दा मुखदर्शक हुने सरोकारवालाले स्याउ भण्डार र बजारीकरणको दिर्घकालिन समधान नगरी वर्षेनि निर्णय गर्नुको औचित्य नरहेको किसान शाहीको भनाई छ ।


“६ वर्षमा ४५८ मेट्रिकटन स्याउ उत्पादन,३८० मेट्रिकटन निर्यात र ७० मेट्रिकटन घरमै थन्कीएको छ । उपयुक्त मुल्य नपाउने,व्यवस्थित संकलन केन्द्र नहँुँदा किसानले स्याउबाट अपेक्षित लाभ लिन सकेका छैनन् ।”


कुन वर्षमा कति स्याउ उत्पादन,कति निर्यात ?
यति बेला जुम्लामा स्याउको चर्चा चलेको छ । किसान व्यापारी स्याउ टिप्न र बजारमा पुराउन चाहिरहेका छन् । भने स्थानीयतह,प्रहरी प्रशासनले निर्यातमा रोक लगाएको छ । सुरुमा रोक लगाउने,पछि स्याउ घरमै थन्कीने शतप्रतिशत उत्पादन बजारमा नपुग्ने समस्या विगतको तथ्यांकले देखाएको छ ।

विगत ६ वर्षको तथ्यांकलाई हेर्दा जुम्लामा ४ सय ५८ मेट्रिकटन स्याउ उत्पादन भएकोमा ३ सय ८० मेट्रिकटन मात्रै निर्यात भएको छ । भने,७८ मेट्रिकटन स्याउ घरमै थन्कीएको हो । कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार आव २०७४÷७५ मा १८ सय मेट्रिकटन उत्पादन भएकोमा १५ मेट्रिकटन,आव ०७५÷७६ मा ३० मेट्रिकटन उत्पादन हुँदा २५ हजार मेट्रिकटन निर्यात भएको थियो ।

त्यस्तै, आव ०७६÷७७ मा ५० मेट्रिकटन उत्पादन भएकोमा ४० मेट्रिकटन स्याउ मात्रै बजारमा निर्यात भएको थियो । भने १० मेट्रिकटन स्याउ घरमै थन्कीयो । केहि खाए पनि,ठुलो मात्रमा खेर गयो । आर्थिक वर्षमा २०७७÷७८ मा १ सय मेट्रिकटन उत्पादन भएकोमा ८० मेट्रिकटन मात्रै जुम्लाबाट बाहिरी जिल्लामा निर्यात भएको थियो । भने २० मेट्रिकटन जिल्लामै खपत भएको देखिन्छ ।

भने,आव २०७८÷७९ मा १ सय १० मेट्रिकटन स्याउ उत्पादन हुँदा जिल्लाबाट ९० मेट्रिकटन र आव ०७९÷८० मा १ सय ५० मेट्रिकटन उत्पादन भएकोमा १ सय ३० मेट्रिकटन स्याउ निर्यात भएको कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ । ६ वर्षमा स्याउ प्रतिकेजी ८० रुपैयादेखि २५० रुपैया मुल्य सम्म विक्री भएको कृषि विकासको तथ्यांकले देखाउँछ । यस वर्षको स्याउ हाल टिप्ने सिजन सुरु हुन थालेको छ ।

६ वर्षमा ३ लाख ८० हजार मेट्रिकटन स्याउ निर्यात हुँदा जुम्लामा कति आर्थिक भित्रियो भन्ने एकिन तथ्यांक कृषि विकास कार्यालयसंग छैन् । ६ वर्षमा अनुमानित ३ अर्ब बढीको स्याउ जुम्लाबाट निर्यात भएको देखिन्छ ।

तीन वर्षयता मात्रै जुम्लाबाट १ अर्ब ३६ करोडको स्याउ निर्यात भएको छ । तर किसान भने मारमा पर्दै आएका छन् । व्यापारीले सस्तोमा किन्ने र बजारमा महंगोमा बेच्ने गर्छन् । किसानले आफ्नो उत्पादनको मुल्य तोक्ने नीति नभए सम्म स्याउबाट जुम्ली किसानले अपेक्षित लाभ लिने स्थिती छैन् ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस