
जुम्ला आज २५६८ आँै बुद्धजयन्ती । गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।
बुद्ध शब्दको अर्थ
बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहकोपीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन् । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युँझाउन सहयोग गरे गरेका छन् तिनैलाई बुद्ध भनिन्छ ।
हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बीजा रोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो । आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो ।
शाक्यमुनि बुद्धको जन्म
भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दा अघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।
बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ । यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊँ भएको मानिन्छ । जन्मना साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।
शाक्यमुनि बुद्धको जीवकथा
यद्यपि अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत् र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् । त्यस पश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान् गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृह त्याग गरी बोध गया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपस्यामा लिन भए । तपस्याका क्रममा बुद्धलाई सम्यक् सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए । बुद्ध धर्म एक अनीश्वर वादी धर्म मात्र नभई कन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन हो, सर्वव्यापी दर्शन ।
यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौँ सम्यक् सम्बुद्ध मानिन्छ । विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् । बुद्धको मार्गमा हिँड्नका लागि प्राणी हिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा नदिएको नलिने, झुठो कुरा नबोल्ने र आफ्नो पति÷पत्नी बाहेक अरुसँग नलाग्ने (भिक्षुहरुले चाहिँ कोहीसँग पनि व्यभिचार नगर्ने) प्रण गर्ने गरिन्छ । त्रिपिटक ग्रन्थ – बुद्ध धर्मको मुल ग्रन्थ त्रिपिटक हो। यो ग्रन्थ भगवान बुद्धको परिनिर्वाण पश्चात् उनका शिष्यहरुले उनका उपदेशहरुलाई सुत्रबद्ध गर्ने क्रममा निर्माण भएको ग्रन्थ हो।बुद्धको पहिले धर्मोपदेश, जुन उनले आफ्नो साथका केही साधुहरूलाई दिएका थिए, यी चार आर्य सत्यहरूका बारेमा थिए।बौद्ध धर्मका अनुसार, चौथो आर्य सत्यको आर्य अष्टाङ्ग मार्ग हो दुःख निरोध पाउनको बाटो ।
गौतम बुद्ध भन्थे किचार आर्य सत्यको सत्यताको निश्चय गर्नका लागि यि आठ मार्गको अनुशरण गर्नुपर्छ ः
क) सम्यक दृष्टि – यथार्थ दृष्टि असल कामको पहिचान छुट्याई कुसल कर्ममा विश्वास गर्नु ।
ख) सम्यक संकल्प – संकल्प त्याग दयाभाव गर्नु ।
ग) सम्यक वाक – कटुवचन ,झूट नबोल्नु,कल्याणकारी बोली गर्नु ।
घ) सम्यक कर्म – हानिकारक कर्महरू नगर्न हिंन्सा ,चोर ,ब्ययविचार ।
ङ) सम्यक जीविका – कुनै पनि हानिकारक व्यापार नगर्न शस्त्र ,प्राणी ,मासु ,मध्यपान ,बिषको ब्यापार नगर्नु
च) सम्यक प्रयास – ईन्द्रिय माथि संयम राखि सहि भावनाको विकास गर्नु आफै सुधारने कोशिश गर्न
छ) सम्यक स्मृति – स्पष्ट ज्ञानबाट देख्ने मानसिक योग्यता पाउनको कोशिश गर्नु,।
ज) सम्यक समाधि – एकाग्रह कुनै प्राणी प्रति खराव नसोच्नु ,निर्वाण पाउन र स्वयंको गायब हुनु ।
त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरू
बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ ।
तर हाल देश बिदेशमा बदलिदो युगमा बुद्ध दर्शनले दिएका विभिन्न सामाजिक करिति संगै मुल्य मान्यता तोडिन थालेका छन् । यसै बिचमा एउटा तत्व जसले शारिरिक मानसिक समाजिक सबै रुपलाई असर गर्छ मध्यपान वा जाड रक्सि यसको अधिक प्रयोगले हाल धेरैको ज्यान गएको छ ।
बुद्ध दर्शनले आठ मार्ग अनुसार पालना गर्नु पर्ने कुरामा जोड दिएपनि एउटा मुख्य असर नसाको रुपमा मध्यपानको प्रयोग र स्वस्थ जीवन प्रति ख्याल नहुँदा यसो भएको हो । जाड रक्सिको सेवनले कलेजो मा चाडै असर गर्नुका साथै उच्च रक्तचाप, मृगौला सम्बन्धि, पेट सम्बन्धि रोग, क्यान्सर लगायतका सबै रोग छिटो बल्झाउने काम गर्दछ ।
मध्यपान वा जाड रक्सिको बजार ब्यवस्थापन र निर्यात प्रणाली बिकास नभएका कारण ग्रामीण तथा शहरी भेगमा अत्यधिक प्रयोग भएको पाईन्छ । यस अर्थमा पनि कतै हामीले बुद्दको उपदेशको बाटो हामीले कतै बिराएका छैनो कि प्रश्न खडा हुन्छ ।