
जुम्ला । काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले पद तथा गाेपनीयताकाे सपथ ग्रहण गरेका छन् । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुनःगठन गठन गरेसंगै सरकार सहभागी चार मन्त्रीले आईतबार चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख थापा द्दारा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह,सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले सपथ लिएका हुन् ।
नवनियुक्त मन्त्रीहरूले आइतबारै पदभार ग्रहण गर्ने तयारी छ । यसैबीच कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले साेमबार विश्वासकाे मत लिने भएका छन । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले प्रदेशसभामा विश्वासको मत पाउने पक्का भएको छ ।