जलवायू परिवर्तनले रैथाले बालीमा असर

जुम्ला । जलवायू परिवर्तनले रैथाने बालीमा असर देखिने थालेको छ । रैथाने बाली विशेषगरी धान, आलु र स्याउ लगायतका रैथाने बाली तथा फलफुलमा असर देखिन थालेको हो ।

यूसआईडी र एमआरडिएफको साँझेदारीमा सञ्चालित जलवायू परिवर्तन तथा विपद् व्यवस्थापन व्यवस्थापन परियोजना कार्यक्रममा सहभागी गुठीचौर र पातारासी गाउँपालिका किसानले यस्तो बताएका हुन् ।

लामो समयदेखि रैथाने बालीमा जलवायू परिवर्तनका कारण विभिन्न रोग देखिन थालेपनि अनुसन्धान गरी रोगको निराकरण हुन नसेको स्थानीयले गुनासो गरेका छन् ।

माउण्टेन रिसर्च एण्ड डेव्लोमेण्ड फाउण्डेसन काठमाडौँका अध्यक्ष कृष्णप्रसाद ओझाका अनुसार जलवायू परिवर्तनका कारण रैथाले बालीमा असार देखिए राज्य स्तरबाट अनुसन्धान हुन सकेको छैन । जसका कारण किसान प्रत्यक्ष मारमा पर्दै आएका छन् ।

यस्ता विषयमा पालिका तथा वडा स्तरमा सरोकारवाला निकायका व्यक्ति र किसानसँग छलफल गरी समस्या पहिचान गर्न यूसआईडी र एमआरडिएफको साँझेदारीमा जलवायू परिवर्तन तथा विपद व्यवस्थापन परियोजना सञ्चालन रहेको अध्यक्ष ओझाले बताए । उनले भने, जुम्लाको कनकासुन्दरी, पातारासी र गुठीचौर गाउँपालिकामा परियोजना सञ्चालित छ । डोल्पाको सेफोक्सुण्डो, जगदुल्ला र ठुलीभेरी गाउँपालिकामा सञ्चालित छ ।

वन वतावरण तथा विपद् व्यवस्थापन समितिहरुसँग बैठक तथा छफफल , जलवायू उत्थासिल योजना तर्थुमा तथा स्रोत पहिचान पालिका तथा वडा स्तरमा सचेतीकरण गर्दै आएका छौँ, उनले भने ।

जिल्ला स्तरमा जलवायू परिवर्तन अनुकुलन तर्जुमा तथा बजेट तयारीको लागि हाल कार्यन्वयनमा रहेका स्थानीय अनुकुलन योजनाको समिक्षा गर्ने तयारी गरिएको अध्यक्ष ओझाले बताए ।

प्रकाशित मिति : २०८१ असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस