प्रेस चौतारी कर्णाली प्रदेश अध्यक्षमा प्रेमराज सिम्खडा

जुम्ला – प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रेमराज सिमखडा (कालिकोट) चयन भएका छन् । शनिबारदेखि सुरु भएको चौतारीको कर्णाली प्रदेश अधिवेशनले सिम्खडाको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।


उपाध्यक्षमा हिक्मत नेपाली (दैलेख) र सीता वली (सुर्खेत) महासचिवमा ओम शाही (सुर्खेत) र कोषाध्यक्षमा गीता थापा (सुर्खेत) चयन भएका छन् । यस्तै, सचिवमा सुरेश परियार (हुम्ला), नौरते नेपाली (जुम्ला), कमल बुढा (डोल्पा), कालीबहादुर बुढा (जाजरकोट), झक्कुप्रसाद शर्मा (सल्यान) र जगतदल विक (सुर्खेत) चयन भएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस