राष्ट्रिय जनसांस्कृतिक महासंघको अध्यक्षमा भुमिका सुब्बा

जुम्ला-राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनले भुमिका सुब्बालाई अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै उपाध्यक्षमा अशोक राई, समावेशी उपाध्यक्षमा नमुना शर्मा, महासचिवमा आरसी न्यौपाने र उपमहासचिवमा होमराज श्रेष्ठ निर्वाचित भएका छन् ।


सचिव (अर्थ) अशोक प्यासी राई, सचिव (प्रचार) पदम रोकाया, सचिव (संगठन) अमृत खाती र सचिव (विदेश) सुवाश मल्ल निर्वाचित भएका छन् ।
आयोग तर्फ प्राज्ञीक परिषद्को अध्यक्षमा केशव सुवेदी, संरक्षक समितिको अध्यक्षमा प्रेमनाथ अधिकारी र अनुशासन आयोगको अध्यक्षमा माधव प्रधान निर्वाचित भएका छन् ।
यस्तै निर्वाचन आयोगको अध्यक्षमा शुषमा राजभण्डारी र लेखा आयोगको अध्यक्षमा नारायण परीश्रमी निर्वाचित भएको प्रचार विभाग सचिव पदम रोकायाले बताए ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस