
जुम्ला । २०७९ मा अविरल वर्षापछि आएको पहिरोले घर भत्कीएपछि कनकासुन्दरी गाउँपालिका वडा नंं.५ बारेबाडाका ७ जनाको मृत्यु भयो । भने लेदो सहितको पहिरो घरभित्र पसेपछि ३ वटा घर पूर्ण रुपमाभत्कीए । बारेबाडा गाउँकै माथि गाउँपालिकाले ग्रामिण सडक खनेको छ । कनकासुन्दरीका स्थानीय दिपेन्द्र उपाध्याय भन्छन,‘सडक गाउँमा पुगेपनि गाडी आजसम्म पुगेको छैन् । ०७९ सालमापहिरोकै कारण ७ जना गुमायौ । सडक खनेर थुपारिएको माटो वर्खामा बगेर घरभित्रै पस्ने समस्या कनकासुन्दरीका धेरै गाउँमा छ । गाडी नगुड्ने सडकमा लगानी बालुवामा पानी जस्तै भएको छ ।’
त्यस्तै, जुम्लाको हिमा गाउँपालिकाले पनि सडक निर्माणमा हाल सम्म १४ करोड बढी बजेट खर्च गरीसकेको छ । पालिकाका ६ वटै वडाका २२ वटै बस्तीमा सडक पुगेको छ । सडक पुगकै कारण हिमा गाउँपालिका वडा नं.६ खलढुंगाका पहिरो पसेपछि ७ वटा घर पूर्ण रुपमाभत्कीए । भने १६ वटा घरमा आशिंक क्षतिहुँदा एक सय १७ घरपरिवार विस्तापित नै भए ।
गाउँ माथिबाटै सडक खनिएको र वर्षाले थुपारिएको माटोको लेदो बगाएर ल्याएपछि पहिरो गाउँमै फस्यो । ७ वटा घर पूर्ण रुपमा भत्कीए । स्थानीय सुर्य अधिकारीकाअनुसार भत्कीएका घर अझै बनेका छैनन् । उनले भने,‘सडकमा गाडी गुड्दैनन् । थोरै वर्षा भएकीपहिरो आउने गरेको छ । भिरालो जमिन,त्यसै माथि ग्रामिण सडक खन्दाफालिएको माटो पहिरोका रुपमा आउँदा हरेक वर्खा सिजनमा क्षतिहुने गरेको छ ।’
भने सार्कीबाडा,बाहुनबाडाका ६० घरमा बाढीले क्षति पुराएको घरहरुमा क्षति पुरायो । यतातातो पानी गाउँपालिका वडा नं. ४ स्थित नेत्र ज्योती माविको पुरै विद्यालय भवन बगरमा परिणत भयो । विद्यालयका कक्षा कोठा भित्रबाटै खोलो बगेपछि एक ५÷६ महिना पढाई प्रभावितभयो ।
करिब ५ करोडबढीको क्षतिभएको विद्यालयका प्रधानाध्यापक जाज्वल्यरा जन्यौपानले बताएका छन् । हिमा गाउँपालिका वडा नं. ३ बड्कीका ६१ घर,सिंजा गाउँपालिका वडा नंं ६ का जोडु गाउँका १५० र भाडगाउँका १६० घरधुरीमा पहिरोले क्षति पुराएको थियो ।

यस्तो अवस्था तातोपानीको थलाले,हिमाको खलढुंगा,कनकासुन्दरीको बारेबाडा गाउँमा मात्र होईन । जुम्लाका धेरै ठाउँमा मोटरबाटो खनिएका छन् । तर, त्यहाँ गाडी गुड्दैनन् ।ती बाटोहरु पहिरो निम्ताउने र जनधनको क्षतिको कारण बनेका छन् । स्थानीयतहका प्राविधिक शाखाका अनुसार २०७५ सालदेखि यता जुम्लाका आठ वटा स्थानीयतहका ६० वडामा रहेका २ सय १८ गाउँमा सडक पुगिसकेका छन् । तर सडक पुगेका अधिकांश गाउँमा गाडी गुड्दैनन् ।
भौगोलिक रुपमा विकट गाउँहरु अधिकांश खोलाले छुटिएका छन् । सडक खन्दानदीतारेर डोजर गाउँमा पुराएर सडक निर्माण गरेपनि अधिकांश खोला,नदीहरुमा मोटरेबल पूल निर्माण नहूँदा सडक प्रयोग विहिन बनेका हुन् । वाताबरणीय प्रभाव मुल्यांकन बिना हचुवाका भरमा निर्माण गरिएका सडकले जुम्लामा जनधनको क्षति मात्र बढाएका छैनन् । हजारौ घर परिवार समेत पहिरोको उच्च जोखिममा छन् ।
वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले मार्फत ईआईए र आईई अनिवार्य गरेको छ । ५० किलोमिटर भन्दालामो सडक निर्माणमा (आईइए) १० देखि ५० किलोमिटर सम्मको सडक निर्माणमा आईई अनिवार्य गर्नुपर्ने र स्थानीयतहरुले अनिवार्य रुपमा ‘विस्तृत वाताबरण अध्यायन’ (बीईएस) गर्नुपर्ने कानुनी प्रावधान छ । जुम्लाकाकुनै पनि स्थानीयतहले यीकानुनको पालनानगरी डोजरे विकास गरेको स्पष्ट छ । किनकीकुनै पनिपालिकामा सडक लगायतका ठुला विकास निर्माण गर्दा आईइए,इआइए नगरेको भेटिएको छ ।
तातोपानीले गाउँपालिकाले समग्रमा करिब एक सय ५० किलोमिटर निर्माण गर्दा ३ हजार ४५८ मिटर ग्राभेल गरेको छ । पातारासीमा १४ हजार ५८९ मिटर ग्रामिण निर्माण भएको छन् । जसमा गोरेटो बाटो २९ हजार मिटर,सोलिङ बाटो १० मिटर र पिसीसी बाटो ७ हजार मिटर निर्माण भएको छ ।
हिमामा बिनै ५० किमी ग्रामिण सडक निर्माण भएको छ । कुनै पनि स्थानीयतहले सडक निर्माण गर्दा चारै पालिकाकाले वाताबरणीय प्रभावमुल्यांकन .(आईए) र प्रारम्भीक वातावरणीय परिक्षण (आईई) का कुनै मापदण्ड पालनानगरी सडक निर्माण भएको स्पष्ट भएको छ ।

२०७९ को वर्षा पछि आएको बाढी पहिरोले कर्णाली राजमार्गको नाग्म–जुम्ला खण्ड पूर्ण रुपमा एक महिना बन्द भयो । पहिरो पन्छाउन मात्र सडक डिभिजन जुम्लाले ७ करोड रुपैयाँ खर्चिनु प¥यो भने राजमार्ग स्तरोन्नतीका लागि संघीय सरकारसँग तीन अर्ब बजेट माग गगरेपनि अहिले सम्म बजेट पठाएको छैन ।
अध्यायनले भन्छः अव्यवस्थित सडक निर्माणले पहिरोको जोखिम
जुम्लाजस्तो कठिन भूगोल,छरिएका वस्तीलाई विकासको अनूभति दिलाउन सडक विकास अपरिहार्य छ । तर गाउँमाविकास उल्टो रुपमाभयो । पहिलापूल बनेर सडक निर्माण गर्नुपर्ने त्यसो नभएको पाईयो । पूल बिनाह चुवाका भरमा निर्माण गरिएका सडकलले गाउँमा पहिरो जोखिम निम्त्याई रहेको एक अध्ययनले देखाएको छ ।
भू–गर्भ विद डाक्टर प्रदिप पौड्यालको नेतृत्वमा गतवर्ष २०८०÷८१ म (सुनाखरी रिसर्ज कन्सल्ट प्रा.लीं)ले जुम्ला,कालिकोट र मुगुमा पहिरो आउनुका कारण बारे अध्ययन, अनुसन्धान गरेको थियो । उक्तअध्यायन भू–तथाजलाधार व्यवस्थापन कार्यालय जुम्ला अन्तरर्गत गरिएको थियो । जुम्लामा पहिरोको घटना बढेपछि अध्यायन गरिएको कार्यालयले जनाकारी दिएको छ । अध्ययन अनुसार जुम्ला पहिरोको उच्च जोखिममा रहेको र त्यसको मुख्इ कारण अव्यवस्थित सडक निर्माण रहेको भू–गर्भ तथा पहिरो विद् डाक्टर प्रदिप पौड्यालले बताए ।
पहिरो आउने विभिन्न कारण मध्यअव्यवस्थित सडक निर्माण मुख्य हो । अध्ययन अनुसार जुम्लामा सडक कटान पहिरोको अबस्थाभयाभव छ । जसले मानवीय देखि भौतिक क्षति गरेको भेटियो । सडक निर्माण गर्दा वाविस्तारका क्रममा सडकका भित्ताखस्ने र थला लिंगफालिएका ढुंगा माटोका बग्ने पहिरोले घर, बस्ती र अन्य संरचनाहरुमा समेत क्षतिपुर्याउने भएकाले यस्ता गतिविधिलाई सडक पहिरो नामाकरण गरिएको हो ।
अध्ययन अनुसार २०७९ पछि जुम्लामा मात्रै चार सय ४० वटा पहिरो खसेको भेटियो । जसमध्य सबैभन्दा बढी हिमामा १०९,तातोपानीमा १०६,तिलामा७७,कनकासुन्दरीमा ४१,पातारासीमा ४०,गुठिचौरमा २५,चन्दननाथमा ३० र सिंजा गाउँपालिकामा ८ वटा पहिरो खसेको भेटिएको छ । कमजोर भूगोलमा अत्यधिक सडक निर्माण,बेमौसमी वर्षा मुख्य कारण हुन् ।’
अध्ययनले जुम्लाका आठ स्थानीयतहका चार हजार सात सय तीन घरधुरी पहिरोको उच्च जोखिमा र ११ सय ८४ घरधुरी पहिरोको अति उच्च जोखिमरहेको कुरा पनि खुलाइएको छ
अध्ययनअनुसार जुम्लाका गएको कुल पहिरोको संख्या ४४० मध्य लेदो पहिरो मात्रै ३२५ वटा गएको छ । जुनपहिरो सडक निर्माण गर्दा जथाभावी फालिएको ढुंगा माटो,सडकको भित्ता खसेर मिश्रित भएर आउने पहिरो हो ।

जसमा कनकासुन्दरीका ३७४,गुठिचौरका १७८, चन्दननाथका ६६३, तातोपानी गाउँपालिकाका १५ सय ३२ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । त्यस्तै, तिलाका ११ सय ६५,पातारासीका ३१२,सिंजाका ७३२ र हिमा गाउँपालिकाका ९३४ सहित अव्यवस्थित सडकका कारण जुम्लका चार हजार सात तीन घरधुरीको पहिरोको जोखिममा रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका प्रमुख लोकेन्द्र बहादुर भण्डारीले बताए ।
तातोपानी गाउँपालिका अध्यक्षनन्द प्रसाद चौलागाई नागरिकको मागनुसार पालिकाले गाउँगाउँमा सडक खनेको बताउँछन । तर, पुलनहुँदा सडक सञ्चालनमा नआएको उनको भनाई छ । ‘पालिकासंग पुलबनाउने पैसा छैन । पुलनिर्माणका लागि संघ प्रदेशमा पहल गर्दा सुनुवाई हुन्न । सडक आबश्यकताकै आधारमा खोलिएका हुन् । तर पूलहरु निर्माण गर्न नसक्दा गाडी गुड्न सकेका छैनन्,’ उनी भन्छन् “पूलनिर्माणका लागिपहल जारी छ ।”
डोजरे विकासले मासिदै गएको वाताबरणलाई संरक्षण गर्न हिमाले वृहत्त बृक्षारोपण अभियानथालेको छ । जहाँ पाँचवर्षको अवधिमा २ लाख ५० हजार विरुवा रोप्ने लक्ष्य राखिएको हिमा गाउँपालिका हिमाका अध्यक्ष लक्ष्मण बहादुर शाही बताउँछन् । उनकाअनुसार हालसम्म३२ हजार ६ सय ७६ बिरुवा रोपिएको छ ।
साथै किर्डाक नेपालद्धारा पातारासीमा सुमात्रा परियोजनाले गरेको अध्यायनले अव्यस्थित सडक निर्माणका कारण पहिलाप्रयोग हुदैँ आएका तर अहिले सुकेका ३ सय ६६ वटा मुहान भेटिएका छन् । तथ्यांकनुसार पातारासीमा पानीकामूल (नाउला) २४१ वटा, सानाखोल्सा २३३ वटा, ठुला खोल्सा १९ वटा, नदीदुईवटा गरी जम्मा ४ सय ९५ वटा पानीका स्रोत रहेका छन् । अध्ययनपछि कूल४ सय९५ पानीका स्रोतमध्ये अहिले प्रयोगमा१ सय २९ वटा मुल,साना ठुला खोल्सामात्रै प्रयोगमा छन् ।
सडक निर्माणमा कसको कतिखर्च ?
२०७४ देखि आव २०८०÷८१ सम्मको बजेट हेर्दा सडक निर्माणमा मात्रै एक अर्ब रुपैयाँभन्दा बढी बजेट लगानीभएको छ । जससमा सबैभन्दा धेरै सडक विस्तारमा तिला गाउँपालिकाले बजेट खर्चिएको छ । तिलाले ३९ करोड बजेट सडक विकासमा लगानी गरेको छ ।
यता तातातोपानी गाउँपालिकाले हालसम्म सडक निर्माणमा साढे १९ करोड बजेट खर्च गरेको छ । हिमा गाउँपालिकाले ग्रामीण सडक निर्माणमा हालसम्म १४ करोड बजेट खर्च गरेको छ । सिँजा गाउँपालिकाले करिब ११ करोड बजेट लगानी गरेको छ ।
भने, कनकासुन्दरी गाउँपालिकाले पनि सडक निर्माणमा १० करोड खर्च गरेको देखिन्छ भने पातारासी गाउँपालिकाले दुई आवमामात्र ६ करोड खर्चिएको छ । पातारासीको सबै तथ्यांक उपलब्ध छैन । यस्तै, गुठीचौर गाउँपालिकाले सडक निर्माणमा ४ करोड लगानी गरेको छ ।
चन्दननाथन गरपालिकाले हालसम्म सडक निर्माणमा ११ करोड खर्चिएको छ । यो बजेट आव२०७५–७६ र २०७७–७८ को मात्रै हो । यसमा संघ र प्रदेशबाट सडक निर्माणका लागि विनियोजन भएको बजेट उल्लेख छैन् । नगरपालिकाले अन्य आर्थिक वर्षको बजेट वेबसाइटमा राखेको छैन ।