मुख्यमन्त्री र कृषि मन्त्रीले भने: ‘राताे कितावमा कमजाेरी रह्याे,स्याउ विकास बाेर्डनै बन्छ’

जुम्ला । अन्तत: स्याउ विकास बाेर्डनै गठन हुने भएकाे छ । नीति तथा बजेटमा स्याउ विकास बाेर्ड गठन उल्लेख लेखिएपनि राताे किताबबाट गायब गरिएकाे थियाे । राताे किताबमा स्याउ विकास बाेर्ड हटाएर फलफूल विकास बाेर्ड विधेयक तर्जुमा भनेर ३ लाख बजेट समेत विनियाेजन भएपछि स्याउ विकास बाेर्ड गायब भएकाे कुरा बाहिरिएकाे थियाे ।

उक्त समचार कर्णाली मिसनले प्रकाशित गरेसंगै जुम्लाबाट निर्वाचित प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले समिति र सदनमा कड प्रतिवाद गरेसंगै अन्तमा स्याउ विकास बाेर्डनै कायम हुने भएकाे हाे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्याउ विकास बाेर्डनै गठन हुने प्रतिबद्वता व्यक्त गरे । प्रदेश सभा बैठकलाई संबाेधन गर्दै मुख्यमन्त्री कँडेलले भने,’मन्त्रीले राेष्टमै उभिएर कृषि मन्त्रीले स्याउ विकास बाेर्डनै हुन्छ भनिसकेपछि कागज सह्र हाे । लेखे सह्र हाे । रेर्कड पनि भएकाे छ । तर सम्बन्धित जिल्ला (जुम्लाका) माननीयले चित्त बुझेन भनेर ध्यानकर्षण गराउनु भएकाे छ । यस विषयमा म नबाेल्नु पथ्र्याे । तर ध्यानकर्षणले मलाई पनि ध्यानकर्षण गरायाे । त्यसैले म पनि बाेल्नै पर्छ । अहिले पैसा चाहिने अबस्थामा बाेर्ड पुगेकाे छैन् । त्याे नीतिगत कुरा हाे । ऐन कानुन बन्छ । नीतिगत कुरामै स्याउ विकास बाेर्ड बन्छ । गठन आदेशपछि त्याे अघि बढ्छ । तर त्याे स्याउ विकास बाेर्डनै बन्छ ।’

साथै मुख्यमन्त्री कँडेलले पूर्व कानुन मन्त्री नरेश भण्डारीलाई लक्षित गर्दै स्याउ विकास बाेर्डका बारेमा बाहिर पक्ष विपक्षमा बहस चलिरहेका बेला यसका प्रस्ताव उहिले मै हुँ भनेर आईसकेकाे बताए । ‘स्याउ विकास बाेर्डका प्रस्तावक अहिलेका हाेईनन उहिलेका हामी भनेर आएकाे छ । तर काे हनु थाहा छैन हामी नीतिगत रुपमा स्याउ विकास बाेर्ड बढाउँछाै ।’ मुख्यमन्त्री कँडेलले भने ।’

स्याउ विकास बाेर्डनै बन्छ: कृषि मन्त्री
कर्णाली प्रदेश सरकारका कृषि मन्त्री विनाेद कुमार शाहले स्याउ विकास बाेर्डका सन्दर्भमा उठेका सबै प्रश्नहरु जाजय रहेकाे बताए ।

सभामा उठेका विषयमा कतै विमत्ती गर्ने ठाउँ छैन् । प्रदेश सभा बैठकमा बाेल्दै कृषि मन्त्री शाहले भने, ‘नीतिमा पनि स्याउ विकास बाेर्ड छ । बजेटमा पनि स्याउ विकास बाेर्ड छ । तर कमी रह्याे । राताे किताबका सन्दर्भमा केही कमी कमजाेरी रह्याे । त्यसकाे जिम्मा म लिन्छु । स्याउ विकास बाेर्ड विधेयक तर्जुमा गर्न ३ लाख विनियाेजन भएकाे छ । याे विधेयक तर्जुमा हुँदा स्याउ विकास बाेर्ड भनेर नै विधेक तर्जुमा हुन्छ ।’

‘राताे किताबमा स्याउ विकास बाेर्ड राख्न सकिएन् । याे कसैकाे प्रपन्च पनि हाेईन् । कसैकाे ‘डिक्टेसन’ पनि हाेईन् । याे नितान्त कमी रहेकाे अबस्था हाे । यसकाे पूर्ण जिम्मेवारी मैले लिनै पर्छ । विधेयक तर्जुमा हुँदा स्याउ विकास बाेर्ड भनेरै हुन्छ ।’कृषि मन्त्रीले भने ।’

जुम्ला प्रदेश (क) बाट निर्वाचित प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले अन्तत: स्याउ विकास बाेर्डनै रहने कुराले खुसी लागेकाे बताए । कार्यान्वयन चरणमा राजनीति गर्न खाेजेपनि समयमै सचेत गराउँदा उपलब्धी भएकाे छ ।

उनले भने,’मुख्यमन्त्री र कृषि मन्त्रीले भनिसकेपछि अन्तत: स्याउ विकास बाेर्डनै हुने भयाे । याे जुम्ला सहित साविक कर्णालीलाई सुखद पक्ष । अब सबै जुटेर कार्यान्वयन तर्फ ध्यान दिन जाेड जरुरी छ ।’

जुम्लाकाे स्याउ विकास,खेती विस्तार र उत्पादन बढाउन निति बजेट स्याउ विकास बाेर्ड गर्ने भनिएपनि रातारात राताे, किताब बाट गायब भएपछि प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीेले समिति र सदनमा कडा प्रतिवाद गर्दै आएका थिए । अन्नतत: स्याउ विकास बाेर्डनै कायम हुने कुराले प्रदेश सभा सदस्य शाही उत्साहित छन् । लामाे समयदेखिकाे मेहनतले सार्थकता पाएकाे उनकाे तर्क छ ।

स्याउ विकास बाेर्डनै हुनु पर्ने पक्षमा नेपाली काँग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाही,जुम्ला प्रदेश (ख)बाट निर्वाचित टेकराज पछाई लगायत उभिएपछि मुख्यमन्त्री र कृषि मन्त्रीले जवाफ दिएका थिए ।

राताे किताबमा केही कमजाेरी रहेकाे स्वीकार गर्दै विधेयक तर्जुम स्याउ विकास बाेर्डका नाममा हुने, सबै काम काज स्याउ विकास बाेर्डनै नाममा हुने समेत प्रतिबद्वता गरेका छन् ।

याे पनि पढ्नुहाेला…

प्रकाशित मिति : २०८२ असार २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस