सरल र सादगी नेताका एक उदाहरण गोरख बोगटी

जुम्ला । धेरैले राजनीतिलाई सेवा भन्दा पेशा बनाएका छन् । जसका कारण नेपाली राजनीतिले अपेक्षाकृत रुपमा समाज रुपान्तरण हुन नसकेको बहस पनि चल्छ ।  राजनीतिमा जतिसुकै आर्कषण बढेपनि सुविधाभोगी स्वभावले नेताहरु जनतासंग नभिज्ने, समाज रुपान्तरण भन्दा आफू सुध्रिेनेमा बढी अग्रसर हुन्छन् । 

अझ नेता हुने बित्तिकै आलिसान महल भएको, गाडी घोडा, पावर पहुँच भएको भन्ने बुझाई छ । यो सबै सुविधा उपभोग गर्नका लागि पनि अहिले धेरैलाई नेता हुने भूत चढिरहेकै छ । 

तर केही त्यस्ता नेता पनि छन् । जसले जीवनका चार दशक बढी उर्वर समय राजनीतिमा खर्चिएर पनि जनताको सेवा बाहेक अरु नसोचेका, घर घडेरी, गाडी घोडा नजोडेका, सार्वजनिक यातायातलाई आउजाउको माध्यम बनाएका, सधै पार्टीको काम र जनताको हितका लागि पैरबीलाई प्रथामिकता दिने र आफू सधै जनताको सच्चा सेवक हु भन्ने सोचले अघि बढेका । 

उनी हुन हुम्ला निवासी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज गोरख बहादुर बोगटी । उनी २०४० सालदेखी राजनीतिमा होमिएका हुन् । मालेहुदैँ एमालेको विभिन्न तहका बसेर नेतृत्व गरिसकेका उनी २०५६ सालमा एमालेबाट हुम्लादेखी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । पार्टीको विभिन्न तहका पनि बसे । २०८१ सालदेखि हालसम्म कर्णाली प्रदेशको ईन्चार्ज छन् । तर उनले आज सम्म काठ्मान्डौ, नेपालगन्ज, सुर्खेत त परै जावस जिल्लाकै सदरमुकाम सिम्कोटमा समेत एक तला घर बनाउन सकेका छैनन् । 

पार्टी भित्रकै जिम्मेवार नेता कार्यकर्ताले गोरख बोगटीको ठाउँठाउँका घर घडेरी छ भन्दै हल्ला फिजाए,उनी भन्छन,´ती सबै हल्ला मात्रै हुन् । म सांसद हुँदा पनि केहि गर्न सकिन् । पछि श्रीमति राष्टि्य सभा सदस्य भएपछि भुक्तपुर सानो घर हाल्यौ । पछि बैंक र व्यक्तिका ऋण तिर्न नसकेर त्यो घर पनि बेचिदियौ । अहिले भाडामा बस्छौ ।`

नेता बोगटीकी श्रीमती चार वर्ष राष्टि्य सभा सदस्य भईन् । चार वर्षसम्म आएको सुविधाले पनि घरधान्न नसकेपछि बोगटी परिवारले भक्तपुरको घर बेचेर फेरी डेरा लिएर बसे ।  बोगटी पार्टीको कामका लागि मात्र दौडिने, श्रीमती राष्टि्य सदस्य हुँदा छोराछोरीको पढाईदेखि बैंकको किस्ता हाल्नु पर्ने भएपछि घर बेच्न पुगे । तर धेरैले बोगटी सम्पत्ति लुकायो भने । आखिर उनको वास्तविकता फरक छ ।

अहिले भक्तपुरको डेरामा बस्ने बोगटीको दैनिकी अरु नेताको तुलनामा निकै फरक छ ।  उनी विहानै ६ बजे उठ्छन्, ब्ययाम गर्छन्, सामाजिक संजालमा अपडेट हुन्छन्, किताब पढ्छन् ।  करिब ८ बजे तिर श्रीमतीलाई सघाउन भान्सा पस्छन् । 

 खाना खाएपछि घरबाट निस्कन्छन्, जहाँ कार्यकर्ताले बोलाएका छन् सहजै त्यही पुग्छन्, छोटो दुरीमा पैदलबाट,  लामो दुरीमा सार्वजनिक यातायातबाट । आज सम्म कार्यकर्तालाई कुनै काम र छलफलका लागि आफू भएको ठाउँमा साहेतै बोलाएका छैनन् । जसले जहाँ बोलाउछ त्यहि पुग्ने उनको विशेषता हो ।

बोगटी काठ्मान्डौ भक्तपुरमा सधै जसो ३/४ किलो मिटर पैदल हिडिरहेका हुन्छन् । यदि लामो यात्रा भयो भने सार्वजनिक गाडी चढ्छन् । झट्ट हेर्दा पत्याउन नसकिने तर बोगटीको वास्तविक दैनिकी हो । 

आजको समय सम्म यति सादगी जीवन बिताईरहेका नेता बोगटी   जनतामा रुचाईएका व्यक्ति पनि हुन् । तल्लो तहका नेता र कार्यकर्तासंग निकै राम्रो सम्बन्ध बनाएका उनलाई आगामी मंसिर २७ गते हुने एमालेको एघारौ महाधिवेशनबाट पदाधिकारी सहित कर्णाली प्रदेशको नेतृत्व गर्ने जिम्मेवारी दिन आबश्यक छ ।

यो पनि पढ्नुहोला…

साधारण जीवन शैलीबाट सादगी नेताको परिचय बनाएका नेता बोगटीको अनुभव र दक्षतालाई पार्टी निर्माणमा खर्चिन महाधिवेशनले न्याय गर्ने अपेक्षा छ । देशकै लोक प्रिय पार्टीको स्थायी कमिटी सदस्य, प्रदेशको ईन्चार्ज विगतमा सांसद हुँदा आधारभूत आबश्यकता घर सम्म नबनाउने भन्ने धेरै साथीहरुको गुनासो छ । 

नेता बोगटी भन्छन,´साथीहरुको गुनासो स्वभाविक छ ।  २०६२ साल तिर घर बनाएका थियौ । घर संचालनदेखि छोराछोरीको पढाई धान्न नसक्ने भएपछि बेच्यौ । अहिले डेरा लिएर बसिरहेका छौ । अरुलाई देखाउनका लागि घर बनाउ, गाडी किन्यौ भने ऋण तिर्न मैले गलत बाटो रोज्न पर्छ । गुलामी गर्न पर्छ । तर मेरो ईमान र ४० वर्षको राजनीतिक चरित्रले त्यसो गर्न दिन्न । बरु म डेरामै ठिक छु भन्ने लाग्छ ।`

एघारौ महाधिवेशनबाट पदाधिकारी सहित कर्णाली प्रदेशको जिम्मेवारी पाए कुशलता पूर्वक काम गर्ने योजनामा बोगटी छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस