एमुनाको उपचारका लागि नौलो विहानी सहकारीको १२ हजार सहयोग 

जुम्ला । जुम्लाको नौलो विहानी कृषि सहकारी संस्थाले तातोपानी गाउँपालिका वडा नं २ की एमुना कामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

टाउँकोमा रगत जम्नुका साथै नसा च्यापिएर लामो समय देखि आर्थिक अभावका छटपटाई रहेकी एमुनाको उपचारका लागि नौलो विहानी सहकारी संस्था जुम्लाले १२ हजार २ सय १५ रुपैयाँ सहयोग गरेको हो ।

सहकारीमा कार्यरत २१ जना कर्मचारीले आफ्नो एक दिनको खाजा खर्च रकम कटाएर एमुनाको उपचारका लागि सहयोग गरिएको सहकारीका फिल्ड ब्यवस्थापक केशवराज दवाडीले बताए  ।

सहकारीका कार्चयालय प्रवन्धक चन्द्र सुनारले २ हजार यस अघिनै पिडितको खातामा पठाईसकेका थिए । भने बाँकि १० हजार २१५ रुपैया सोमबार सहकारीका फिल्ड सहायक दवाडीले सहयोग संकलन अभियान थालेका पत्रकार सागर परियारलाइ हस्तान्तरण गरेका छन् । 

हाल एमुनाको काठ्मान्डौ स्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ । एमआर आईको रिपोर्ट आउन ढिलाई भएको र सहयोग नजुटेपछि विहान बेलुका खान तथा उपचारमा समस्या भईरहेको एमुनाका बुवा राजु कामीले जानकारी दिए ।

  सहकारीले सहयोग गरेकोमा कामीले धन्यबाद दिएका छन् । समाज वित्तिय साक्षरता, छरिएको पुजि संकलनसंगै पिडा र।अभावमा रहेका नागरिकको राहतका लागि नौलो विहानी कृषि सहकारीले गरेको काम अनुसरण योग्य छ ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस