काँग्रेसका दीप बहादुर शाहीको चुनाव खर्च १७ लाख

जुम्ला । नेपाली काँग्रेसका उम्मेदवार दीप बहादुर शाहीले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेका शाहीको चुनाव अवधिभर भएको खर्च सार्वजनिक गरेका हुन् ।

विवरण अनुसार चुनाव अवधि शाहीले १७ लाख ६२ हजार ३ सय खर्च भएको छ ।  जसमा दुई सवारी साधन भाडामा लिएको ४ लाख ५० हजार, नमुना मतपत्र र घोषणापत्र छपाई १ लाख ६५ हजार, सवारी साधनको ईन्धन खर्च २ लाख ५० हजार, झण्डा, ब्यानर,लकेट र छपाईमा २ लाख ६० हजार खर्च भएको छ ।

भने उम्मेदवारको सम्पर्क कार्यालय खर्च ७० हजार,खाना,खाजा र आवास खर्च २ लाख,पालिका स्तरीय भेला तथा प्रशिक्षणमा २ लाख ६० हजार,मोटरसाईकल र्याली र ईन्धन ८५ हजार, मनोनय दर्ता १० हजार र अन्य २३ सय गरी कुल १७ लाख ६२ हजार ३ सय रुपैया खर्च भएको छ । 

साथै नेकपा (माओवादी)का विर्ख बहादुर शाहीले समेत चुनाव खर्च सार्जनिक गरेका छन । उनको चुनाव खर्च १ लाख ५२ हजार ८ सय भएको छ । 

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस