जुम्ला – नेपाल एयरलाईन्सले नियमित उडान नगरेपछि जुम्लामा कार्यालय तालाबन्दी गरिएको छ । नेपाल एयरलाईन्सको जहाजले फागुन २४ गतेदेखि उडान नगरेपछि आक्रोसित भएका यायुले नेपाल वायु सेवा निगमनको जुम्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।
नेपाल एयरलाईन्सले अन्य जिल्लामा उडान गर्ने तर जुम्लामा हुन्छ भन्दा भन्दै उडान नगरेपछि आईतबार कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल एयरलाईन्सले उडान नगरेपछि बोर्डिङ पास समेत लिएका यात्रुले जान पाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि रेफर लिएका विरामी छटपटाई रहँदा समेत नेपाल एयरलाईन्सले उडान नगर्दा यात्रुहरु आक्रोसि भएका छन् । आईतबार नेपाल एयरलाईन्सले उडान गर्ने भनेपनि अन्तिममा उडान रद्व गरेपछि आन्दोलन गरिरहेका छन् ।
प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार



