काँभ्रामा कलात्मक मन्दिर निर्माण


जुम्ला – कनकासुन्दरी गाउँपालिका – १ काभ्रा गाउँमा कलात्मक मन्दिर निर्माण गरिएको छ । संघीय सरकारको २३ लाख र जनश्रमदान २ लाख ३३ हजार ९७७ रुपिया लागतमा महादेव मन्दिर निर्माण गरिएको हो ।


स्थानीय कालिगढमार्फत निकै कलात्मक मन्दिर निर्माण गरिएको कनकासुन्दरी गाउँपालिका – १ का वडाध्यक्ष भीमबहादुर भण्डारीले बताए । उनले भने, धार्मिक मेला हेर्न आउने आगन्तुक तथा जात्रुलाई बस्न सहज हुने गरी प्यारापिटसहितको प्राङ्गण पनि निर्माण गरिएको छ ।


वर्षमा एक पटक मात्रै माघ पुर्णिमा मन्दिरको पुजासहित मेला लाग्ने गर्दछ । यहाँ धार्मिक महिमा निकै हुने गर्दछ । वर्षमा एक पटक मात्रै मेला लाग्ने भएकोले टाढा टाढाबाट आगन्तुक जात्रु आउने गर्दछन् ।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस