खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैटौ साधारण सभा उद्घाटन 

जुम्ला । खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति जुम्लाको छैटौ साधारण सभा उद्घाटन गरिएको  छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले छैटौ साधारण सभाको उद्घाटन गरेका हुन् ।

छैटौ चुनावी साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिने छ । निन्तर अध्यक्ष पद सम्हाली रहेका पन्न बहादुर रोकाया दोहोरिने की नयाँ व्यक्ति आउने बन्द शत्रले टुंगो लगाउने छ ।

उद्घाटन शुक्रबार भएपनि बन्दशत्र बैशाख १३ गते हुने आयोजकले जानकारी दिएको छ ।

खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिक कोषाध्यक्ष कालि बहादुर महतले समितिको आयव्यय प्रस्तुत गरेका थिए। वित्तिय प्रगति विवरण अनुसार समिति अहिले पनि घाटामा चलिरहेको देखिन्छ ।

गत आव २०८१/०८२ मा कुल कारोबार कुल आम्दानी ८२ लाख १२ हजार ८४५ रहेकोमा खर्च ९४ लाख ४९ हजार २१० भएको छ  गत आवमा समिति १२ लाख ३६ हजार ३६४ रुपैयाँ घाटामा रहेको विवरणमा उल्लेख छ ।

अहिले सदरमुकामका १८ सय १४ घरधुरीमा धारा जडान गरी संचालित रहेका छन् । साथै  गत आवमा नाफातर्फ ९४ लाख ४९ हजार २१० रहेकोमा नोक्सान पनि उतिकै रहेको प्रगति विवरणमा उल्लेख छ । 

सम्पत्ति विवरण बासलात अन्तर्गत आयतर्फ १ करोड ६३ लाख २१ हजार ५२५ रहेकोमा खर्च पनि उतिकै रहेको प्रगति विवरणमा उल्लेख छ । 

साथै गत आवमा कुल आयतर्फ १ करोड ५१ लाख ९३ हजार ५९९ रहेकोमा खर्च पनि उतिकै रहेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म ९७ लाख ६१ हजार ८५९ रुपैया जम्मा भएकोमा आम्दानी ४४ लाख २२ लाख २८३ रहेकोमा खर्च ३८ लाख ७६ हजार ७२६ र बचत ५ लाख ४५ हजार ५५६ रहेको छ ।  त्यस्तै सचिव टिका नगरकोटीले समितिको भौतिक प्रगति विवरण प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा उपस्थित जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चाय,जनप्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाँई लगायतले छैटौ साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २०८३ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस