जुम्ला । कृषिमा निर्भर कर्णाली प्रदेशको जुम्ला जिल्ला रैथानेबाली उत्पादनको केन्द्र हो । जुम्लामा थुप्रै किसिमका रैथानेबाली उत्पादन हुन्छन् । जुम्लामा उत्पादन हुने थुप्रै रैथाने अन्नबालीमध्य कोदो बाली प्रमुख बाली हो । जुम्ली कोदोको पिठोको माग राष्ट्यि अन्तराष्ट्यि बजारमा माग बढ्दै गएको छ । गत वर्ष मात्रै जुम्लामा संचालित अर्गानिक मिनी मार्केटले झण्डै ३५ लाख बढीको कोदोको पिठो मात्रै विक्री गरेको थियो ।
बजारमा कोदोको पिठोको माग बढ्दै गएपछि जुम्लामा कोदो खेतीको क्षेत्र विस्तार भएको छ । विगतका केही वर्ष कोदो खेतीमा खास्सै चासो नदिएका जुम्लाका किसान कोदोको पिठोले बजारमा भाउ पाउन थालेपछि पछिल्ला वर्षमा कोदो खेतीमा जुटेका छन् ।
अघिल्लो वर्ष २०८१÷०८२ मा जुम्लाको २७ सय ३५ हेक्टर क्षेत्रफल जमिनमा कोदो खेती भईरहेको थियो । त्यतिबेला करिब तीन हजार आठ सय २१ मेट्रिटकन कोदो उत्पादन भएको थियो । भने उत्पादकत्व पनि १.४० प्रतिशत थियो । कोदो उत्पादकत्वमा सबैभन्दा ठुलो हिस्सा पनि जुम्लालेनै ओगेटेको छ ।
यतिबेला जुम्लामा भर्खर कोदो रोपिरहेका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार गत वर्षभन्दा यस वर्ष जुम्लामा कोदो खेतीको क्षेत्र विस्तार भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी जुम्लामा यस वर्ष साढे दुई हेक्टर क्षेत्रफल कोदो खेती बढेको छ ।
गत वर्षसम्म कुल २७ सय ३५ हेक्टर जमिनमा कोदो खेती भईरहेकोमा यस वर्ष साढे दुई हेक्टरले बढेर २७ सय ३७.५ हेक्टर जमिनमा कोदो खेती भईरहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । ‘कोदोको पिठो निकै स्वादिष्ट हुने र विभिन्न परिकार बन्ने भएकाले स्वदेश तथा विदेशमा माग बढीरहेको छ’,उनले भने,‘यस वर्ष कोदोलाई चाहिने प्रयाप्त पानी पनि परेको छ । रोग किराको प्रकोप पनि देखा परेको छैन् । सोढ दुई हेक्टरमा खेती थपिएको छ । यस हिसाबले यस वर्ष कोदोको उत्पादन बृद्धि हुने अनुमान छ ।’
हरेक वर्ष साउन १५ राष्ट्यि कोदो दिवस मनाउदै आएकोमा कृषि मन्त्रालयको निर्णयनुसार यस वर्षबाट साउन १६ गतेलाई राष्ट्यि कोदो दिवसका रुपमा मनाउन थालिएको छ । कर्णाली समृद्धिको प्रमुख आधारमध्ये एक हो कृषि क्षेत्र । कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीय तहले आवश्यकतामुखी राष्ट्रिय कार्यक्रम र लगानी बढाउन सके आयात प्रतिस्थापन गर्नसक्ने सम्भावना छ । उत्पादन बढाउने नीति उत्पादित वस्तुको बजार अभावले कर्णालीका खाद्यान्नबाली निर्यात हुन सकेको छैन । आफ्नै उत्पादनले ५÷६ महिना नपुग्ने कर्णाली आयातमै निर्भर छ ।
जुम्लाको रैथाने बाली भन्ने वित्तिकै मार्सी चामल,स्याउ सिमि ओखर भन्ने सबैको मुखमा झुण्डीन्छ । तर रैथाने बाली मध्य स्वादिष्ट र निकै स्वास्थ्यप्रर्बद्ध मानिने कोदोको बारेमा भने कमै परिचर्चा हुन्छ । यदपी ग्रामिण भेगमा पुग्दा कोदोको महिमा र महत्व उत्तिकै छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार २०८१ म जुम्लामा २४ हजार मेट्रिक टन खाद्यान्न बाली उत्पादन भएको छ । जसमा कोदो मात्रै ३ हजार ८ सय ५० मेट्रिक टन उत्पादन भएको कृृषि विकास कार्यालय जुम्लाका प्रमुख राभक्त अधिकारीले बताए । उनका अनुसार ३८ सय ५० मेट्रिक टन कोदो उत्पादनको ठुलो हिस्सा जिल्लाको पातारासी गाउँपालिका र तिला गाउँपालिकाले ओगटेका छन् । त्यस क्षेत्रमा खेताली जग्गा धेरै नभएकाले लेकाली जग्गामा कोदोको खेती धेरै हुने गरेको छ ।
जिल्लामा सबै अन्नबालीको पकेट क्षेत्र निर्धारण गरिएको छ । कार्यालय प्रमुख अधिकारी भन्छन,‘अन्यबाली जस्तै कोदो खेतीको उत्पादन बढाउनका लागि ‘कोदो पकेट’ क्षेत्र निर्धारण गर्न आबश्यक छ । हामीले पटक पटक कोदो पकेट क्षेत्र विकासका लागि प्रदेशमा लेखेर पठाउने गरेपनि प्रथामिकतामा छैन् । यदपी स्थानीय सरकारहरुले त्यता तर्फ ध्यान दिएर कोदोको व्यवसायीक खेती गर्न जरुरी छ ।’
स्थानीयतहको प्रथामिकता कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन भन्दा पनि वाताबरणको बिनास हुने गरी जथाभावी सडक निर्माण गर्ने पक्षतिर बढी केन्द्रित भएका छन् । यसले भविष्यमा कोदो लगायतका अन्य बालीको उत्पादनमा गिरावट आउने सम्भावना छ
बजारको मागलाई मध्यनजर गर्दै जुम्लाका आठै पालिकाले उत्पादन सम्भावनालाई अध्ययन गरी कोदो खेतीको विस्तारमा ध्यान दिन आबश्यक छ । पकेट क्षेत्रका रुपमा लगानी गरेर मकै,कोदो लगायतका अन्न बालीको खेती विस्तारमा सरकारी लगानी बढाउन जरुरी रहेको अगुवा कृर्षकको माग छ ।




