कर्णाली पोष्ट संबाददाता ।

जुम्लामा सञ्चालित ट्युसन सेन्टरमा अध्यायनरत बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ट्युसन सेन्टरमा अध्यायरत बालबालिकालाई खोप लगाइने भएको हो ।
जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टरमा अध्यायनरत १२ वर्ष देखि १७ वर्ष ११ महिना २९ दिनका अर्थात १८ वर्ष मुनिका बालबालिकालाई पहिलो डोज मोर्डना खोप लगाईने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतले बताए ।
उनका अनुसार सोमबार ट्युसन सेन्टरमा अध्यायनरत बालबालिका सहित विद्यालय क्षेत्र भन्दा बाहिर रहेका सबै बाललिकालाई अनिवार्य आगामी पुस २४ गते सम्म मोर्डना खोप लगाउने निर्णय गरिएको छ ।
मंगलबार विहान १० बजेदेखि सबै ट्युसन सेन्टरमा गएर खोप लगाइने स्वास्थ्य संयोजक महतको भनाई छ । विद्यालयमा खोप लगाउन छुटेका १२ वर्षमाथिका १८ं वर्षमुनिका सबै बालबालिकालाई खोल लगाउन आफु अध्यायनरत ट्युसन सेन्टरमा उपस्थित हुन आग्रह गरिएको छ ।
जुम्लामा सरकारले करिब १३ हजार मोर्डना खोप पठाएको छ । जसमा यहाँका आठ स्थानीयतहमा १२ हजार २ सय ५० डोज खोप वितरण गरिएकोमा हाल सम्म ५ हजार ८ सय ६९ जना बालबिलालकाले खोप लगाएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।
आगामी पुस २४ गते सम्म अनिवार्य रुपमा खोप लगाएर सकाउने पर्ने भएकोले सबै बालबालिकलाइ खोपको पहुँचमा ल्याउन ट्युसन सञ्चालक,विद्यालयका प्रधानाध्यापक,संचारकर्मी सबैलाई सहयोग गर्न प्रमुख सापकोटाको अनुरोध छ ।
प्रमुख जिल्ला अधिकरी विजयाकुमारी प्रसाईले जिल्लामा आएको सबै खोप खपतका लागि सबै संयन्त्र जुट्नु पर्ने बताइन् । निर्धारित समय भित्र लगाइ सक्नु पर्ने र पछि मिति गुज्रिने भएकोले सबै बालबालिकालाइ खोपको पहुँचमा ल्याउन योजनागत ढंगबाट अघि बढ्नु पर्ने उल्लेख गरिन् ।
जुम्लामा मोर्डना खोप लगाउने राष्ट्यि लक्ष्य १३ हजार बालबालिकाको भएपनि जुम्लाका १ सय ७० वटा सरकारी विद्यालय,नीजि विद्यालयका गरी करिब २० हजारको संख्या आएको छ । संख्यालाई अध्यायन गर्दा विद्यालयहरुले सबै उमेर समुहका विद्यार्थी पठाएको बुझिएको छ । यपदी १२ वर्षदेखि माथि र १८ वर्ष मुनिकालाई मात्र खोप लगाउँदा २० हजारबाट संख्या घट्ने देखिन्छ । हाल जुम्लामा,ब्राइट फयूचर,अल्फा,माउण्ट स्टार र डाइनामिक लगायतका ट्युसन सेन्टर जुम्लामा सञ्चालित छन् ।



